अर्थ-वाणिज्य

शिवराजका कर्मचारीले लिए ९ लाख अनुगमन भत्ता




कपिलवस्तु ९ भदौ । कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले रु आठ लाख ५० हजार रकम अनुगमन भत्ता बुझेका छन् । नगरपालिकाले गत आर्थिक वर्ष २०७९र८० मा मात्र अनुगमन भत्ताबापत सो रकम बुझेको पाइएको छ । गत साउन १ गते सूचनाको हक प्रयोग गरी नगरपालिकाबाट सूचना माग गरिएको थियो । नगरपालिकाले उक्त सूचना ३८ दिनपछि मात्र उपलब्ध गराएको थियो । नगरपालिकाले दिएको सूचनामा ३६ कर्मचारी र प्रतिनिधिले सो रकम भत्ताबापत बुझेको पाइएको हो । नगरपालिकाले उपलब्ध गराएको सूचनामा सबैभन्दा बढी रकम उपप्रमुख शिवकुमारी चौधरीले रु ६३ हजार सात सय ५० बुझेको पाइएको हो ।
नगरप्रमुख अजय थापाले रु ५१ हजार, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले रु ५१ हजार, इन्जिनियर रामजी थापा नेपालीले रु ५१ हजार, लेखा अधिकृत रामचन्द्र मरासिनी रु ५१ हजार र खरिदार प्रेम वलीले रु ५१ हजार अनुगमन भत्ता बुझेको जनाइएको छ । यस्तै इन्जिनियर मोहन केसीले रु ४१ हजार छ सय ५०, लेखापाल रीता खनालले रु ४१ हजार छ सय ५०, ओभरसेयर सरोज भुसालले रु २८ हजार ५०, शिव पराजुलीले रु २८ हजार ५०, ओभरसेयर वसन्त पन्थीले रु २६ हजार तीन सय ५० र ओभरसेयर ताराप्रसाद भण्डारीले रु २४ हजार छ सय ५० बुझेको नगरपालिकाले जानकारी दिएको छ ।

यसैगरी ओभरसेयर अजय कुर्मीले रु २४ हजार छ सय ५०, गुरुप्रसाद चौधरीले रु २२ हजार नौ सय ५० र अमिन रोशन नेपालीले २१ हजार दुई सय ५० बुझेका छन् । वडाध्यक्ष खिमविक्रम केसी, रामबहादुर चौधरी, टेकलाल सापकोटा, नेत्रप्रसाद बेल्वासे र रामगोपाल चौधरीले रु १५ हजार तीन सयका दरले अनुगमन भत्ता बुझ्नुभएको जनाइएको छ । वडाध्यक्ष नसिम अहमद खाँ र माहेताब आलम खाँले रु १२ हजार सात सय ५० का दरले भत्ता बुझ्नु भएको हो ।वडाध्यक्ष रिजवान अहमद खाँले रु १४ हजार चार सय ५०, अनुपकुमारी चौधरी र मञ्जु मिश्रले रु आठ हजार पाँच सयका दरले भत्ता बुझेका नगरपालिकाले जनाएको छ । वडाध्यक्ष रामेश्वरप्रसाद बर्माले रु २१ हजार दुई सय ५० अनुगमन भत्ता बुझेका छन् । यस्तै सूचना अधिकारी डिल्लीराज भट्टराई रु ३८ हजार दुई सय ५० र अधिकृत लक्ष्मी कँडेलले रु आठ हजार पाँच सय अनुगमन भत्ता बुझेका थिए ।

प्रकाशित : ९ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६