अर्थ-वाणिज्य

प्रदेश विकास समिति गठन गरी छाडा चौपाया ब्यवस्थापन : मुख्यमन्त्री



चौधरी कपिलवस्तु ९ भदौ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले प्रदेश विकास समिति गठन गरी छाडा चौपाया ब्यवस्थापनको कार्य तत्कालै बढाईने बताएका छन । प्रदेश भित्र रहेका १२ जिल्लाका १ सय ९ पालिका समाबेश रहने गरी साझेदारीरुपमा काम अघि बढाउने बताए । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाद्धारा बुढ्ढी चौराहा स्थित नगरपालिको हलमा आयोजित छाडा चौपाया ब्यवस्थापन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले छाडा चौपाया ब्यवस्थापनको प्रदेशले नीति तथा कार्यक्रममा समाबेश गरेकोले र बिज्ञ समुह गठन गरी एक महिना भित्रै ग्रेडीङको काम सुरु हुने बताए । प्रदेश मन्त्री परिषदले नीति पारित गरी काम अघि बढाउने उनले बताए ।

मुख्य मन्त्री चौधरीले उत्पादन र रोजगारलाई जोडेर छाडा चौपायको स्थायी समाधान निकाल्नु पर्ने बताए । उनले आईतावार प्रधानमन्त्री सहीतको सहभागीतामा काठमाण्डौमा आईतावार हुने विकास समितिको बैठकमा समेत आफुले छाडा चौपाया ब्यवस्थापनको कुरा जोडदाररुपमा उठाउने बताए । वन सम्बन्धी अधिकार संघमा नै राखिदा निर्णय लिन अप्ठोरो परेको भन्दै आफुले संघको वन लगायतका बिभिन्न अधिकारहरु प्रदेशलाई दिन प्रधानमन्त्री प्रचन्डलाई आग्रह गरेको बताए । गाईको मलमुत्रको सदुपोग गर्ने, डिएपी र युरियाको विकाल्पकारुपमा गोबरको मल बनाउने गरी अघि बढनु पर्ने बताए । प्रदेश सदस्य तथा पुर्वमन्त्री बिष्णु पन्थीले गौशाला निर्माण गरी गाई ब्यवस्थापनको काम गर्ने काम चुनौतीपुाणर्् रहेको भन्दै स्थायी समाधान तर्फ जानु पर्ने बताए । उत्पादन र रोजागरीसंग जोडेर ब्यवस्थापनको काम अघि बढाउनु पर्ने उनले बताए । बाणगंगा नगरपालिकाका मेयर चक्रपाण्ी अर्यालले छाडा चौपायाको ब्यवस्थापनकालागि भारतीय सिमानाकाबाट प्रबेश गर्ने छाडा गाई गोरुलाई प्रबेश गर्न रोक लगाउनु पर्ने बताए ।

सुद्धोदन गाउपालिकाका प्रमुख कमलेशशरण चौधरीले छाडा चौपाया राष्ट्रिय स्तरको समस्या रहेकोले यसकालागि राष्ट्रिरुप मै नीतिगत ब्यवस्था गर्नु पर्ने बताए । बुद्धभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठले बुद्धभुमी नगरपालिका वडा नम्बर ९ गब्दाहवामा रहेको वन क्षेत्र भित्र ढेड सय बिघा जमिनमा तारबार गरी गौशाला निर्माणकालागि उपयुक्त रहेको बताए । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले छाडा चौपाया ब्यवस्थापनकालागि बिभिन्न चार बिल्पहरु प्रस्तुत गरेका थिए । वन क्षेत्र बाहिर जग्गा किनेर, सार्वजनिक जग्गामा, वन क्षेत्र र र आबादी जग्गामा राखेर ब्यवस्थापन गर्न सकिने बताए । प्रमुख, प्रदेश सदस्यले गब्दाहवा नै छाडा चौपाया ब्यवस्थापनकालागि उपयुक्त रहेको र ढेढ सय बिघा क्षेत्रमा तारबार गरी हेरालु र पानीको ब्यवस्था गर्ने निर्णय गरिएको छ ।

यस्तै बुद्धभुमी नगरपालिकाले छाडा चौपाया ब्यवस्थापनको अगुवाई गर्ने त्यसकालागि चाहिने बजेट प्रदेश सरकार, जिल्लाका १० वटै पालिका लगायत सरोकारबाट आर्थिक एवं अन्य सहयोग संकलन गर्ने समेत निर्णय गरिएको मेयर श्रेष्ठले बताए ।सहभागीहरुले छाडा चौपायाको छिटो स्थायी समाधान निकाल्नु पर्ने सुझाव दिएका थिए । मेयर श्रेष्ठको अध्यक्षता, नबिन खनालको संचालनमा भएको कार्यक्रममा तिलक बस्नेतले स्वागत मन्तब्य दिएका थिए ।

प्रकाशित : ९ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६