खोज–अनुसन्धान

दाङका प्रजिअ सुशील वैद्य जिम्मेवारीबाट हटाइए संगठित किर्ते अभियोगमा मुद्दा दर्ता




दाङ १० भदौ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइएको छ । वैद्यलाई गृह मन्त्रालयमा तानिएको मन्त्रालयका एकजना उच्च अधिकारीले जानकारी दिएकाबालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई फरार प्रतिवादी बनाउन केन्द्रीय अनुसन्धान ब्यूरोले राय दिएको छ । प्युठानको प्युठान नगरपालिका वडा नम्बर–४ घर भएका वैद्य मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत हुँदा ‘संगठित किर्ते’मा संलग्न रहेको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । ब्यूरोको अनुसन्धान प्रतिवेदनको २४१ नम्बरमा उनलाई ‘फरार प्रतिवादी’ उल्लेख गरिएको छ ।
भदौ ५ मा सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको छ । सरकारी वकिलले आज अदालतमा अनुसन्धान प्रतिवेदन दर्ता गर्दै छ ।ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ।

प्रकाशित : १० भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६