अर्थ-वाणिज्य

ग्लोबल डेरीको अवलोकन गर्दै मूख्यमन्त्री चौधरीले भने रोजगारी र उत्पादन बढाउनोस




कपिलवस्तु १० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीसहितको टोलीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित ग्लोबल डेरी प्रालिको अवलोकन गरेको छ । शनिवार सो टोलीले डेरीको अवलोकन गरेको हो ।अवलोकन गर्ने क्रममा सो टिमले उद्योगका सञ्चालक एवं सम्पूर्ण उद्योगमा कार्यरत कर्मचारीहरूलाई धन्यवाद सहित प्रशंसा गरेको थियो ।मुख्यमन्त्री सहितको टोलीले उद्योगको थप प्रगतिको कामना गर्दै लुम्बिनी प्रदेश सरकार सदैव आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको थियो ।
डेरी उद्योगका सञ्चालक एवं अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार हाल उद्योगले दैनिक ५० हजार लिटर दूध खपत गरी उपभोक्ता माझ पु¥याइरहेको छ । २० हजारभन्दा बढी किसानसँग कारोबार गरिरहेको सो उद्योगमा दैनिक २०० जनाले रोजगारी पाइरहेका छन् । सो डेरीले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी ९ जिल्लाबाट दूध सङ्कलन गरिरहेको न्यौपानेले बताए ।अवलोकन टोलीमा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी, नवराज लामिछाने, रिमा नेपाल, बुद्धभूमि नगरपालिका मेयर केशव श्रेष्ठ, वाणगंगा नगरपालिकामा मेयर चक्र अर्याल, बुद्धभूमि नगरपालिका वडा नं १ र ९ का वडा अध्यक्ष समेत सहभागी थिए ।

प्रकाशित : १० भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६