अन्तर्राष्ट्रिय

राष्ट्रघात भएको देखेपछि कार्यक्रम छाडेर निस्कीए: मुख्यमन्त्री चौधरी



बुटवल ११ भदौ। लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली वहादुर चौधरी प्रमुख अतिथी रहेको एक कार्यक्रममा शुरु मै राष्ट्रघाती काम भएपछि आफूले मञ्च छाडेर निस्कीएको वताएका छन् । नेपाली राष्ट्रियताकै धज्जी उडाएर कार्यक्रम सूरुवात गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले उक्त कार्यक्रम बहिस्कार गरेका छन्।कार्यक्रमको सुरुमै कार्यक्रम आयोजकले नेपाली राष्टगानको सट्टा फिलिपिन्सको राष्ट्रिय गान बजाएपछि प्रमुख अतिथी रहेका मुख्यमन्त्री चौधरीले तत्काल असहमती जनाएका थिए।मलाई सामाजिक क्षेत्रमा क्रियासिल संस्था किवानीज इन्टरनेशनल नेपालको पाँचौं डिष्ट्रिक सम्मेलन भनेर बोलाईएको थियो।

आयोजकले कार्यक्रमको सूरुमै फिलिपिन्सको राष्ट्रिय गान बजाए मैलै यस्तो कार्यक्रममा बस्न अपमान महशुस हुने ठानेर हिडेको हुं चौधरीले भने। मेलै कार्यक्रम आयोजकलाई नै तपाईहरुले राष्ट्रियता माथी घात गर्ने म त्यही कार्यक्रमको अतिथी बनेर कार्यक्रममा बस्ने हुदैन भनेर जानकारी गराएर हिडेको हुं। कस्तो संस्था हो भन्ने नबुझी जानु हाम्रो पनि गल्ती भयो। बिदेशी संस्था वा बिदेशी संस्था जे भएपनि दुई देशका अतिथीहरु सहभागी छन भने जुनदेशमा कार्यक्रममा भयो त्यही देशको राष्ट्रिय गान पहिले बजाउने र त्यसपछि अर्को देशको राष्ट्रिय गान बजाउने बिश्वब्यापी प्रचलन छ। शुक्रबार अपरान्ह भैरहवामा आयोजना गरिएको सम्मेलनमा प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी थिए भने विशेष अतिथिको रुपमा फिलिपिन्सी नागरिक एवं किवानीज एसप्याक चियर बेल गारसिया उपस्थित थिए।

तर उनी कुनै पोर्टफोलियोका फिलिपीनी कुटनितीज्ञ भने होईनन्। आयोजकले फिलिपिन्सका नागरिकलाई सुनाउने गरी कार्यक्रमको सुरुआतमै विदेशी गीत बजाएर कार्यक्रमको सुरुआत गरेपछि मुख्यमन्त्री चौधरीले अपमान महशुस गरेर हिडेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र प्रहरी प्रमुख प्रहरी उपरिक्षक लगायतको सरकारी टोली समेत कार्यक्रम स्थलबाट बाहिरीएको थियो।नेपाली भूमिमा हुने कार्यक्रममा विदेशी गीत बजाएर सुरु गर्ने कार्यक्रम कुनै पनि नेपालीले गर्न नसक्ने मुख्यमन्त्री चौधरीले बताए। नेपालमा हुने कार्यक्रममा नेपाली राष्टगान नबजाएर विदेशी गीत बजाउनु राष्ट्रियता र मातृभूमिको अपमान हो, ‘आफ्नै माटोमा राष्ट्रियता माथी अपमान गरेपछि मलाई सैह्य भएन त्यसैले मैले कार्यक्रम छोडेर हिँडेको हुँ’ उनले भने ।

उक्त संस्थाले पोखरामा आयोजना गरेको कार्यक्रममा समेत फिलिपिन्सको मात्रै गित बजाएको भन्ने आफुले हिजो मात्रै जानकारी पाएको मुख्यमन्त्री चौधरीले बताए। किवानीज क्लब अफ रुपन्देहीको संयोजनमा शुक्रबार साँझबाट सुरु भएको सम्मेलन शनिबार सम्म चल्ने छ। सम्मेलनमा देशका विभिन्न जिल्लाबाट प्रतिनिधिसहित ३ सयभन्दा बढी किवानीजहरुको सहभागिता रहेको छ। ९० वटा देशमा शाखा रहेको अमेरीकी संस्था किवानीजले विश्वभरीका बालबालिकाको क्षमता विकास, नेतृत्व विकास र खेलकुदका क्षेत्रको विकास गर्ने गरी कार्यक्रम गर्दै आएको छ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६