अर्थ-वाणिज्य

एक गलत समाचारले खडा गरेको भ्रम चिर्न बिज्ञप्तीको ओइरो

वडाध्यक्ष रेष्मीका विषयमा लेखिएको समाचार नै गलत सावित



कपिलवस्तु ११ भदौ । कसैलाई गलत सावित गर्न सयौ गलत तथ्यको सहारा लिने गोयबल्स सैली कतिपय संचार माध्यमले केहि समय यता अपनाउदै आएपनि मौन बसेका सरकारी गैर सरकारी र अन्य निकाय एक समाचार प्रति भने खरो भ्रत्सनामा उत्रिएका छन् । घटना हो बाणगंगा नगरको जहा एक अनलाइने लेखेको थियो -वडा अध्यक्ष रेस्मीले गाडी हराएको भनि प्रहरीमा दिएको उजुरी गलत सावित’ ।

यसै शिर्षकमा रहेर वडाध्यक्ष छवि रेष्मीलाई गर्न मिल्ने नमिल्ने सबै गाली गरिएको थियो । तर त्यो अरुलाई गलत सावित गर्न गलत तथ्यकै सहारा लिएको समाचार भने यतिबेला आलोचनाको मुख्य निसाना बनेको छ । यस्तो हद सम्मको पत्रकारीता बाणगंगामा हुन्छ भन्दा ? उत्तरै दिन नसक्ने गरी समाचारको झुठोपना ठहरेको छ । विवरण अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका ४ का वडाध्यक्ष छविरेस्मी मगरलाई जोडेर केही दिन अघि आएको समाचार आफैमा निराधार भएको पुष्टि भएको हो । ‘

हाम्रो पाईला डटकम नामको अनलाइनमा यहि भदौ १६ गते प्रकाशित गरेको समाचारप्रति जुन श्रोतको हवाला दिइएको थियो त्यसले आपत्ति जनाएको छ । आफ्नो कम्पनीक कुनै पनि ब्यक्तिले भन्दै नभनेको कुरा समाचारमा आएको भन्दै एमरल्ड मोटर्स प्रालि रुपन्देहीले गम्भिर समाचारको खण्डन गरेको छ । वडाध्यक्ष रेस्मी मगरको व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले सो समाचार प्रकाशित भएको उक्त कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीका अनुसार बाणगंगा नगरपालिका( ४ निवासी अमर बहादुर रेश्मीले गत जेठ १५ गते कम्पनीको नियामानुसार गाडि खरिद गरेका थिए । दुवै पक्षबीचको आपसी सहमति भएरै गाडि समेत फिर्ता भईसकेको सो विज्ञप्तिमार्फत कम्पनीले जानकारी दिएको छ ।

यता बाणगंगा नगरपालिकाले समेत उक्त समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एमरल्ड मोटर्स प्रा।लि। र अमर बहादुर रेश्मीबीच भएको कारोबारलाई लिएर संचार माध्यमले छवि रेष्मीलाई जोडेर गलत प्रचारबाजी हुनु र केहि दिन यता भ्रमको खेती गर्ने काम मिडियावाट निरन्तर हुनुले सो संचार माध्यम पित पत्रकारीता भन्दा तल्लो स्तरमा सूचीकृत भएको भनेर विज्ञप्तीमा स्पष्ट पारेको छ । नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले निकालेको विज्ञप्तिमा कुनै पूर्वाग्रह र नियोजित उदेश्य राखेर हुदै नभएका विषयमा समाचार बनाउने काम नरोके त्यसता समाचार माध्यम स्वत जनताका जनरमा गिर्दै जाने स्पष्ट पारीएको छ ।

यती मात्र होइन कपिलवस्तु उद्योग बाणिज्य संघले विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका वडाध्यक्ष रेस्मीसंगको सरोकार नभएको विषयलाई अनावश्यक रुपमा उचालेर व्यक्तिगत रिसिबी राख्दै संचार माध्यमलाई प्रयोग गरि बदलाको भावनाले समाचार प्रकाशन गर्नु निन्दनीय कार्य भएको ठहर गरेको छ । व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले कपोकल्पित समाचार प्रकाशन गरेको प्रष्ट भएकाले निज अनलाईन र संचालकलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रेस काउन्सिल नेपाल, पत्रकार महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुलाई अनुरोध समेत गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

वडाध्यक्ष रेस्मीले आफुसंग सरोकारै नभएको विषयलाई लिएर पुरानो व्यक्तिगत रिसीबी साध्न चरित्र हत्या गर्ने उद्देश्यसहित समाचार प्रकाशन भएको भन्दै गम्भिर आपत्ति जनाएका छन् । उनले यस विषयमा आफु चुप लागेर नबस्ने चेतावनी दिदै कानुनी उपचारका लागी प्रेस काउन्सिलदेखि अदालतसम्म जाने बताए ।वडाध्यक्ष रेस्मीले आफुले यसै समाचारलाई लिएर नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यलाई जानकारी गराउँदा समाचार लेख्ने गणेश पोख्रेल पत्रकार महासंघको साधारण सदस्य समेत नरहेको बताउँदै उनले आवश्यक कारबाहीका लागी प्रेसकाउन्सिल र अदालतीय पक्रियामा जान सुझाएको रेष्मीले वताएका छन् ।यता सवारी धनी अमर बहादुर रेस्मीले कम्पनी र आफुबीचको विषयलाई अनावश्यक रुपमा वडाध्यक्षसंग जोड्नुमा बदनियत देखिएको बताए ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६