देश

नवलपरासी पूर्वको चालीसकिलोमा ट्रक पल्टियो, १७ वटा भैँसीरपाडा मरे



नवलपरासी, १२ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।

कपिलवस्तुको बहादुरगञ्जबाट काठमाण्डौका लागि छुटेको ना४ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परि पल्टिन जाँदा ट्रकमा रहेका ३६ वटामध्ये १७ वटा भैँसी र पाडा मरेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको र ट्रकमा रहेका १९ वटा भैँसीरपाडा जीवितै रहेका उहाँले बताउनुभयो । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १२ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६