प्रदेश

प्रचण्डलाई माधवको आग्रहः एमसीसीमा अनुचित कुरा भए जनतालाई जानकारी गराउनुस्



बुटवल, १२ भदौ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीमा केही अनुचित कुराहरु बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन आग्रह गरेका छन् ।

मंगलबार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए ।

‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्विकार्नु हुँदैन । एमसीसीलाई आइपीएससँग जोड्ने कुरा हामी स्विकार्दैनौ’, नेता नेपालले भने, ‘त्यो भनेको चीनलाई घेराउ गर्ने अरु देशलाई शत्रु घोषणा गर्ने योजना हो ।’

नेता नेपालले नेपालका कुनैपनि देश शत्रु नभएको भन्दै नेपालको संसद्ले व्याख्यात्मक टिप्पणी मार्फत एमसीसी पास गरेको भन्दै त्यसमा नेपाल कुनैपनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको बताए ।

उनले भने, ‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेका हौँ । अनुचित कुरा बाँकी छन् भने हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् । गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस् ।’ नेपालको भूमिमा नेपाली जनताको अधिकार भएको र अरु कसैको हस्तक्षेप स्विकार्न नसकिने पनि नेपालको भनाइ छ ।

प्रकाशित : १२ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६