प्रदेश

एमसीसीबारे प्रधानमन्त्रीले भने–व्याख्यात्मक घोषणा कार्यान्वयन नभए सडकमा जान्छौं



बुटवल, १२ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना ९एमसीसी० को व्याख्यात्मक घोषणा कार्यान्वयन नभए सडक आन्दोलन गर्ने बताएका छन् । बुटवलमा मंगलबार आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई संबोधन गर्दै उनले १२ बुँदे व्याख्यात्मक घोषणा नेपालको संसदबाट पारित भएको स्मरण गराउँदै यसको कार्यान्वयन गर्ने कुराबाट सरकार पछि नहट्ने बताए । उनले भने–“नेपालको सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाइए आफूहरुका लागि सडकमा उत्रिने बाटो खुल्लै रहेको छ ।”

सम्बोधनका क्रममा दाहालले मंगलबार नै नेपाल आइपुग्ने अमेरिकी अधिकारीसँग आफूले १२ बुँदे घोषणा कार्यान्वयनबारे सोध्ने पनि बताएका छन् । “एमसीसीबारे अझै पनि धेरै चासो छ । केही साथीहरुको विरोधमा पनि स्वर सुनिएको छ । हामी अझै एमसीसीविरुद्ध सडकमा जाने अवस्था छ । १२ बुँदे व्याख्यात्मक घोषणाका कारण सडकमा जान सक्छौँ”, उनले भने, “एमसीसी कार्यान्वयबारे छलफलका लागि एकजना अधिकारी नेपाल आउँदैछन् । हाम्रो घोषणालाई सम्झौताको पाठ बनाउने हो कि होइन भनेर म उनलाई पनि सोध्छु ।”

यदि १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंश नबनाइए समाजवादी मोर्चामा सल्लाह गरेर सडकमा उत्रिने उनले बताए । “यदि १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको मूल अंश नभए त्यसपछि के गर्नुपर्छ रु के हुन्छ रु भन्ने मोर्चामा सल्लाह गर्छु”, उनले भने ।

उनले अहिले देशमा केही हुँदैन भनेर निराशा बनाउन खोजिएको पनि बताएका छन् । आफू संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर चीन जाने बताए। त्यहाँ आफूले नेपालको राष्ट्रिय हित र पक्षमा केही नयाँ निर्णय गराउने पनि बताए ।

“नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको पक्षमा लडिरहेको छु”, उनले भने, “हिजो जनयुद्धमा थिएँ तर अहिले लडाइँको रुप फेरिएको छ अझै म मैदानमै छु ।”

प्रकाशित : १२ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६