खोज–अनुसन्धान

मदन भण्डारीको उदय भएको स्थानमा एमालेको सचिवालय बैठक आज




सिराह १३ भदौ । नेकपा एमालेको सचिवालय बैठक आज सिरहामा बस्ने भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वासमा बैठक बिहान ११ बजे बस्ने तय भएको हो ।बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गरिने नेताहरुले बताएका छन् । यस्तै साथै केन्द्रीय कमिटी बैठकको मिति पनि सचिवालय बैठकले तोक्ने छ ।अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा एमालेले सो स्थानमा बैठक आयोजना गरेको हो ।सर्रे अम्बासमा मदन भण्डारी स्मृति विद्यालय छ । त्यसैगरी मदन भण्डारी पार्क निर्माण गरेर राजनीतिक पर्यटनको विकास गर्ने, पुस्तकालय स्थापना गर्ने योजना रहेको पोलिटव्युरो सदस्य एवं सिरहा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले बताए । सोही बैठकस्थलमा ऐतिहासिक राष्ट्रिय महत्व राख्ने सहिद स्तम्भको शिलान्यास गरिनेछ ।जसमा झापा, छिन्ताङ, नख्खु जेल ब्रेक र सिरहामा सहादत प्राप्त गरेका सहिदहरुलगायत कम्युनिष्ट आन्दोलनको ७५ वर्षे इतिहासमा योगदान दिने सहिदहरुको नाम स्तम्भमा समेटिनेछ ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६