पाल्पा १३ भदौ । जिल्लाको माथागढी गाउँपालिका वडा नं। १ चिदीपानीको शैक्षिक विकासमा वडा अध्यक्ष राजकुमार पन्थीले सक्रियता देखाउनुभएको छ ।वडा अध्यक्ष भएदेखि पन्थीले गाउँको शैक्षिक विकासमा चासो राख्दै आउनुभएको हो । विद्यार्थी राजनीतिबाट जनप्रतिनिधि बन्नुभएका पन्थीले पालिकाको सामाजिक विकास समितिको संयोजक समेत रहेर शिक्षाको क्षेत्रमा आफूले पहल थाल्नु भएको हो ।पन्थीले चिदीपानीको ज्ञानोदय विद्यालयको न्यून विद्यार्थीलाई अहिले व्यवस्थापन लिएर २ सयको संख्यामा पुर्याउनुभएको छ यस्तै सौभाग्य माविलाई प्राविधिक धार सहितको विद्यालयमा रुपान्तर गरी काम गरेको रानीमहललाई बताउनुभयो ।
यसै विच पन्थीको नेतृत्वमा माथागढी १ चिदीपादीको नवजागृत प्राविले जापानी समाजसेवी ओके बाजेलाई नागरिक अभिनन्दन सहित स्वागत गरेको छ । विद्यालयको भौतिक विकासमा सहयोग गर्ने बाजेलाई विद्यालयको भौतिक विकासमा सहयोग गर्ने गरी कार्यक्रम गरिएको विद्यालयका प्रअ गोपिकृष्ण आचार्यले बताउनुभयो ।कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले विद्यालयको भौतिक संँगै शैक्षिक विकासमा ओकेबाजेले पाल्पामा खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले बाजेले पालिकासँग समन्वयमा कार्यक्रम गरेमा आफूहरुले समेत सहयोग गर्ने बताउनुभयो । गाउँपालिकाले शैक्षिक विकासमा आफ्नो नेतृत्वमा सुधारका काम गरेको बताउनुभयो । उहाँले पालिकाले अहिले अभिभावक विहिन बालबालिकालाइ शैक्षिक अभिभावकत्व प्रदान गरेको बताउनुभयो ।
बाजेले चिदीपानीकै ज्ञानोदय प्राविलाई चारकोठे भवन बनाइदिनुभएको छ, यहि नै अर्को भवन बनाउने गरी प्रस्ताव गरिएको छ, वडा अध्यक्ष तथा विव्यस अध्यक्ष पन्थीले भन्नुभयो, यस्तै सहयोग नवजागृतिमा पनि पर्ने वडा अध्यक्ष पन्थीले विश्वास लिनुभयो ।वडामा ओकेबाजे आउँदा स्थानीयले वाजा, सालैज्यो नाचगान सहित नागरिक अभिनन्दन गरी डोलीमा बोकेर विद्यालयमा लगेका थिए । कार्यक्रममा बाजेले विद्यालयको शैक्षिक र भौतिक सुधारमा आफूले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर गाहाले सबैलाइ धन्यवाद व्यवक्त गर्नुभयो ।
१३ भाद्र २०८०, बुधबार
प्रतिक्रिया