प्रदेश

चन्द्रौटामा करदाताहरुको बायोमेट्रिक गरिने




चन्द्रौटा, १३ भदौ ।
आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुले आगामी सोमवार चन्द्रौटामा करदाताहरुको बायोमेट्रिक गर्ने भएको छ । चन्द्रौटा उधोग वाणिज्य संघको पहलमा राजश्व कार्यालय कृष्णनगरले भदौ १८ गते सोमवार वायोमेट्रिक गर्न लागेको हो ।

नेपाल सरकारले पान र भ्याटमा भएका करदातालाई वायोमेट्रिक प्रणालीमा दर्ता अनिवार्य गरेपछि राजश्व कार्यालय विवरण संकलनको लागी चन्द्रौटामा आउन लागेको चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले वताउनुभयो ।

अध्यक्ष पाण्डले वायोमेट्रिकको लागी सोमवार आफनो पान र नागरिकताको प्रतिलिपि लिएर स्वंयम व्यक्ती उपस्थीत हुनुपर्ने वताउनुभएको छ । करदाताको विधुतीय औंठा छाप , आखाँको रेटिना र हस्ताक्षर संकलन गरिनेभएकाले स्वयम व्यक्ती उपस्थीत हुनुपर्ने वताउनुभएको हो ।

करदाताको सजिलोको लागी चन्द्रौटा उधोग वाणिज्य संघको नव निर्मीत भवन परिसरमा विवरण संकलनको कार्य गरिने भएकाले अनिवार्य उपस्थीतको लागी संघले आग्रह गरेको छ ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६