प्रदेश

माओवादीको विशेष रुपान्तरण अभियानले जनता सङ्गको सम्बन्ध सुमधुर बनाउदै छौंः अथक



कपिलवस्तु, १३ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) ले जनता सङ्गको सम्बन्ध सुदृढ र सुमधुर बनाउको लागि जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको बताउनु भएको छ । आज जिल्लाको तौलिहवामा प्रेस सेन्टर नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले पछिल्लो समय जनता सङ्गको सम्बन्ध केहि खस्किदै गएको भन्दै रुपान्तरण अभियान सुरु गरेको बताउनु भएको हो ।

माओवादी भित्र एक अर्का प्रति घटिरहेको विश्वास, सद्भाव र सामिप्यता नै पार्टी कमजोर हुनु प्रमुख कारण रहेको इन्चार्ज गहतराजले बताउनु भयो । पार्टी भित्र नेतृत्वलाई मात्र दोष दिनाले पनि पार्टी भित्र अहिले गम्भीर समस्या उत्पन्न भएको उहाँले जिकिर गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै माओवादी जिल्ला संयोजक विष्णु बेल्वासेले कपिलवस्तुमा मात्र नभएर देशैभर माओवादीलाई जनता सङ्ग पुनः एकपटक जोड्न आवश्यक रहेको बताउनु भएको छ । प्रेस सेन्टर कपिलवस्तुका अध्यक्ष अर्जुन बेल्वासेको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) को प्रमुख आतिथ्यता, माओवादी कपिलवस्तु संयोजक विष्णु बेल्वासेको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रेस सेन्टर कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष भुपाल थापाको स्वागत मन्तब्य र सचिव माधव बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य सरोज खनाल, जिल्ला सचिव हजरत अलि मुसलमान, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डिलाराम भुसाल, प्रदेश कोषाध्यक्ष मनिष कार्की लगायत सेन्टरमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

यसैबीच, प्रेस सेन्टर नेपाल कपिलवस्तुको बिशेष बैठक तौलिहवामा सम्पन्न भएको छ । सेन्टरका अध्यक्ष अर्जुन बेल्बासेको अध्यक्षतामा बसेको बैठकले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्र्तगत पालिकाको सञ्चार जिम्मेवारी बाँडफाँड र प्रेस सचिवालय गठन गर्ने निर्णय गरेको छ ।

प्रेस सचिवालयको संयोजकमा डिलाराम भुसाल, सदस्यहरुमा माधव बेल्बासे र हरि घिमिरे रहने निर्णय बैठकले गरेको छ । यसैबीच, पालिकाहरुमा प्रेस प्रतिनिधी समेत चयन गरि अभियानलाई सार्थकता प्रदान गर्ने समेत बैठकले निर्णय गरेको प्रेस सेन्टर कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष भुपाल थापाले बताउनुभयो ।

जस अन्तर्गत बाणगंगा नगरपालिकाको संयोजकमा भगवती न्यौपाने र हरि घिमिरेलाई जिम्मेवारी दिइएको छ । कृष्णनगर नगरपालिकामा सहबाज खान, बिजयनगर नगरपालिकामा मनिस गुप्ता, कपिलवस्तु नगरपालिकामा अजय साहनी, महाराजगंज नगरपालिकामा अनेक पाण्डे, शिवराज नगरपालिकामा माधव बेल्बासे र राजेश चौधरी, मायादेवी गाउँपालिकामा हरि घिमिरेलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

शुद्धोधन गाउँपालिकाको संयोजकमा चेतन बिष्ट, यशोधरा गाउँपालिकाको संयोजकमा अजय साहनी र मनिष कार्की, र बुद्धभूमि नगरपालिकाको संयोजकमा भुपाल थापा चयन गरिएको छ ।

प्रकाशित : १३ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६