खोज–अनुसन्धान

बालिका मृत्युको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति



पाल्पा १४ भदौ । गुल्मी अस्पतालमा मंगलबार उपचारका क्रममा ६ वर्षीया बालिका मृत्युको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।समितिको सदस्यमा अर्घाखाँची छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डक्टर विवेक खनाल, रेसुङ्गा नगरपालिकाका अधिकृत विनोद मरासिनी र प्रहरी निरीक्षक किरण सापकोटा रहेका छन् । समितिले बुधबारबाट छानबिनको सुरु गरेको छ ।

बालिकाको शवलाई पोस्टमार्टम गर्नका लागि श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डक्टर विवेक खनालबाट गराएको छ । समितिले छानबिन गरेर केही दिनभित्रमै प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने सहायक प्रजिअ गैरेले बताए ।मरासिनीका आफन्तजनहरूले अस्पतालको लापरबाहीका कारण ज्यान गएको बताएका छन् । प्रशंसालाई पेट दुख्ने, वान्ता हुने लगायतका समस्या भई गुल्मी अस्पताल तम्घास उपचार गरिएको थियो । बेलुकी भनाइ भई उपचार गरिएकामा मंगलबार बिहान मृत्यु भएको गुल्मी अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत असिम चौधरीले जारी गरेको विज्ञप्तिमा छ ।बालिकाको मृत्यु अस्पतालको लापर्बाहीका कारणले भएको भन्दै पीडित पक्षले शव नउठाएपछि दिनभर अस्पतालमा तनावग्रस्त बनेको थियो ।

प्रकाशित : १४ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६