देश

बर्दियामा फेरि हरायो सीमा स्तम्भ, दस वर्ष यता ३५ वटा स्तम्भ हराए



बर्दिया, १५ भदौ । बर्दियासँग जोडिएको नेपाल–भारत सीमाबाट फेरि एउटा सीमा स्तम्भ हराएको छ । गत साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका १० बाट ६७१र७ नम्बरको सीमा स्तम्भ बगाएको हो । नेपाल भारत सीमा छुट्याउने स्तम्भहरु एक दशकयता बर्दिया क्षेत्रबाट मात्रै ३५ वटा बबई र कर्णाली नदीले बगाएको छ ।

बर्दियामा नेपाल–भारत सीमा करिब ८३ किलोमिटर पर्छ । हराउने स्तम्भमा मुख्य ५ सहित सहायक र सानो गरेर ७२ वटा छन् । हराएका ठूला ५, सहायक सीमा स्तम्भ ९ र सानो ५८ वटा रहेको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बताए । गत साउन २८ मा बबई नदीमा आएको बाढीसँगै कटानले गुलरियाको मस्जदियानजिक दशगजा कटान गर्दै ६७१÷७ नम्बरको सीमा स्तम्भ बगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

प्रजिअ रिसालका अनुसार गुलिरया १० मा मुख्य सीमा स्तम्भ ६७१ र ६७२, गुलरिया ७ को ६८१, मधुवन नगरपालिका ३ को ६९० र राजापुर नगरपालिका १० को ६९३ सीमा स्तम्भ हराएको छ ।

प्रशासन र सशस्त्र प्रहरी बलले निरीक्षण गर्ने बेला जिल्लासँग जोडिएको ८३ किमि लामो सीमामा ठूला साना स्तम्भ फेला परेका छैनन् । सशस्त्र प्रहरी बलका सीमा पोस्ट तथा बीओपी स्थापना नहुँदै हराएको अनुमान छ । डेढ दशकअघि जिल्लामा सशस्त्र प्रहरी बलको स्थापना भएको थियो । सीमा स्तम्भ हराएको जानकारी सरकारलाई गराए पनि यसबारे कुनै खोजीनिति नभएको स्थानीयले बताएका छन् ।

०७१, ०७४ र ८० को बाढीले सहायक र सानो गरी ३५ वटा स्तम्भ बगाएको छ । बर्दियासँग जोडिएको भारतीय सीमाना २ सय ४५ वटा सीमा स्तम्भ थिए । त्यसमध्ये मुख्य ४२, सहायक ६६ र साना १ सय ३६ सीमास्तम्भ छन् ।

मुख्य सीमा स्तम्भ २६ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् । सहायक सीमा स्तम्भ ३६ र साना मर्मत गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्तम्भ हराएका कारण दुवै मुलुकको सिमाना छुट्याउने दशगजा समेत देखिन छाडेको स्थानीय बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी रिसालले भने जीपीएस लोकेसन भएकाले कब्जा भएका, खोलाले कटान गरेको जग्गा दुवै मुलुकका कार्यदलले छुट्याउने र कार्यदलले सीमाना छुट्याउँदै नेपाली पक्षको जिम्मामा रहेको सीमा स्तम्भको पुनर्निर्माणको काम गर्ने छ ।

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६