देश

सुन तस्करी प्रकरणः अनुसन्धान गर्न हकङकदेखि भारतसम्म खटियो सीआईबीको टोली



काठमाडौं, १५ भदौ । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी)ले तीब्रता दिएको छ ।

तस्करी प्रकरणमा संलग्न आरोपीमाथि संगठित तस्करी कसुर मुद्दामा अनुसन्धान थालेको सीआईबीले आरोपितलाई ६० दिन थुनामा राखेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाउनुपर्ने हुन्छ ।

सोही समय सीमाका कारण सीआईबीले विभिन्न प्रहरी कार्यालयमा खटिएका संगठित तस्करी अनुसन्धानमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारीलाई झिकाएर अनुसन्धानलाई तीव्रता दिएको हो ।

२ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेक सू मार्फत लुकाएर भन्सार पास भएको उक्त ६० किलो सुन बरामद गरेको थियो ।

सुन तस्करी प्रकरणमा अन्तरदेशीय अपराध र संगठित तस्करी देखिएपछि अनुसन्धान गर्न २१ साउनमा सीआईबीलाई जिम्मा दिएको थियो । हालसम्म राजस्व अनुसन्धान विभाग र सीआईबीले गरेर कुल २५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा याहो पेचिङ्गसहित ६ जना चिनियाँ नागरिक, एक तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र अर्का तिब्बती मुलका भारती नागरिकसहित अन्य नेपाली नागरिक छन् । उनीहरू माथिको अनुसन्धान गर्न अब सीआईबीसँग दुई हप्ताभन्दा कम समय छ ।

अनुसन्धान गर्न भारतदेखि हङकङसम्म सीआईबी टोली

सुन तस्करीको सन्जाल हङकङदेखि भारतसम्म देखिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सहयोगमा हङकङ र भारतमा समेत प्रहरी अधिकारी पठाएको छ ।

सीआईबीमा कार्यरत एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले भारतमा समेत शुक्रबार सीआईबीमै कार्यरत डीएसपी धर्म भण्डारीलाई पठाएको छ । सुन तस्करीको केन्द्र हङकङ रहेको र उक्त सुन नेपाल हुँदै भारत पुग्ने गरेको सीआईबीको दाबी छ ।

२५ जना पक्राउ गरेको सीआईबीले सुनका मालिक याहो पेचिङ रहेको दाबी गरेपनि सुन खरिद गर्ने मूख्य आरोपीसम्म भने अझै पुग्न सकेको छैन ।

सुन तस्करी प्रकरणमा सीआईबी बाहेक जिल्ला प्रहरी कार्यालय धुनकुटाका एसपी कृष्ण कोइराला, प्रहरीको विशेष ब्युरोका प्रमुख डीआईजी रामदत्त जोशी, प्रहरीको इन्टरपोल शाखा प्रमुख अनुपम जबरासमेतको टोली लागेको छ ।

त्यो बाहेक टेक्निकल विश्लेषण गर्ने टोलीसमेत ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका छन् । सीआईबीले हाल पक्राउ परेको समूहले ठूलो मात्रामा सुन तस्करी गरेको आशंका गरेको छ ।

प्रकाशित : १५ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६