कपिलवस्तु १५ भदौ । गत भदौ ५ गते काठमाण्डौमा संपन्न दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिललस्तुका अभय महरालाई जिल्लामा स्वागत एवं सम्मानित गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सोही वडा निवासी समेत रहेका महरालाई वडा कार्यालय आयोजित एक समारोह बिच सम्मानित गरेको हो ।वडा अध्यक्ष जाहिद खाँले टीका, खादा ओढाउदै, प्रंसशा पत्र तथा बुद्धको हस्तान्तरण गरी सम्मानित गरेका थिए । सो अवसरमा वडा अध्यक्ष खाँले कक्षा १० अध्ययन गरे पछि नै युवाहरु बैदेशिक रोजागरीमा जाने चलन भएको बेला अभयले भने स्वादेश र जिल्ला मै बसेर खेलाडीकारुपमा देश र जिल्ला कै शीर उचो बनाएको बताए ।
उनले अभय सहीत का सबै खेलाडीहरुलाई तीनै तहको सरकारले लगानी गरी उत्साह बढाउनु पर्ने बताए । सो अवसरमा अयभका बुवा एडीशन महरा, हजुर बा बसन्त महरालाई समेत खादा ओढाएर सम्मानित गरिएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजशे कुमार पाण्डेय, तिलौराकोट साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेय, पत्रकार महासंघ जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, प्रेस युनियनका केन्द्रिय सदस्य नाराद कोहार लगायतको सहभागीता थियो ।
अभयलाई जिल्ला ब्याडमिन्ट संघले शनिवार बिहान, कपिलवस्तु नगरपालिकाले आउने आईतावार सम्मान गर्ने कार्यक्रम राखेको छ । कपिलवस्तुका ब्याडमिन्टन खेलाडी अभय महराको जोडीले दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेको थियो । सशस्त्र प्रहरी बलको हलचोक स्थित कबर्डहलमा मंगलबार सम्पन्न फाईनल खेलमा नेपालका खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक जितेको थियो ।
प्रतिक्रिया