प्रदेश

दाङको तेल मिलमा आगलागी, डेढ करोड बढीको क्षति



दाङ, १६ भदौ । दाङको तुलसीपुरस्थित गणपति तेल मिलमा आगलागी भएको छ । तुलसीपुर ६ स्थित शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो । आगलागी भएको जानकारी पाएलगतै स्थानीय र प्रहरीले पानी टंयाकरहरुको सहयोगमा आगो नियन्त्रणको लिएका लिएको थिए ।

बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए । उनले आगलागीबाट दुई तले पक्की भवनमा पूर्णरूपमा क्षति पुगेको र दाल पिस्ने मेसिन तथा तेलमा क्षति पुगेको बताए । उनका अनुसार आगलागीबाट डेढ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीलेको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित : १६ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६