प्रदेश

कपिलवस्तुका ७८ वटै वडाहरुमा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको शुभारम्भ




हरि घिमिरे, १६ भदौ ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले शनिवार वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संगै कपिलवस्तुका मा पनि जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको शुभारम्भ गरिएको छ । जिल्लाका ७८ वटै वडाहरुमा एकैसाथ तीन महिने रुपान्तरण अभियानको शुभारम्भ गरिएको हो ।

सबै वडाहरुमा माओवादी प्रति जनताको आर्कषण र बिश्वास बढ्दै गएको जिल्ला संयोजक बिष्णु बेल्बासेले बताउनुभएको छ । बिशेष रुपान्तरण अभियानका निम्ती प्रदेश सदस्यहरु बाणगंगा नगरपालिकामा दिनेश पुन मगर, बुद्धभूमि नगरपालिकामा राजेन्द्र आचार्य, कपिलवस्तु नगरपालिकामा सरोज खनाल र कमला भुसाल, शिवराज नगरपालिकामा हजरत अलि, महाराजगंज नगरपालिकामा अर्जुन सापकोटा, कृष्णनगर नगरपालिकामा बिष्णु बेल्बासे, बिजयनगर गाउँपालिकामा मौलाना मसहुद र सुकई थारु, यशोधरा गाउँपालिकामा सुवास सल्यानी र लालसिंह यादव, मायादेवी गाउँपालिकामा बिजय जैसवाल र घरभरन यादव र शुद्धोधन गाउँपालिकामा नारायण भुसाल र सुस्मा यादव खटिएका छन् ।

यस्तै, अभियान अन्र्तगत ५ जना केन्द्रिय सदस्य किस्मत बिकलाई शुद्धोधन र मायादेवी गाउँपालिकामा खटाइएको छ । मकसुद अलिलाई कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकामा, वकिल मुसलमानलाई महाराजगंज नगरपालिका र कृष्णनगर नगरपालिकामा, छमकुमारी खनाल (चिनारी) लाई बाणगंगा नगरपालिकामा खटाइएको छ । यस्तै, भिम कुमारी बुढा मगरलाई शिवराज नगरपालिकामा, केन्द्रिय सल्लाहाकार यहसान खानलाई बिजयनगर गाउँपालिकामा, रामलौटन तिवारीलाई कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकामा खटाइएको छ । प्रदेश कोषाध्य निर्दोष अलि मियालाई कृष्णनगर नगरपालिका र प्रदेश सदस्य जाकिर अलि मियालाई मायादेवी गाउँपालिकामा जिम्मेवारी दिइएको माओवादी केन्द्रका जिल्ला सचिव हजरत अलि मुसलमानले जानकारी दिए ।

प्रकाशित : १६ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६