प्रदेश

‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ मायादेवीमा उत्साहजनक सहभागिता



कपिलवस्तु, १७ भदौ ।

कपिलवस्तुको मायादेवी गाउँपालिकामा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानमा उत्साहजनक सहभागिता देखिएको छ । शनिवार नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संगै मायादेवी गाउँपालिकाका सबै वडामा उत्साहजनक सहभागिता देखिएको हो ।

मायादेवी गाउँपालिकाका ८ वटै वडामा शनिवार एकै पटक आठ वटा कार्यक्रम गरिएको अभियानमा खटिनु भएका नेता बिजय जैसवालले बताए । उनले मायादेवीका पकडी, फुलिका, अभिराव, डुमरा, विजुवा, पिपरा, हरनामपुर र बलुहवाका सबै नेता तथा कार्यक्रताहरु उत्साहित रहेको बताए । जैसवालले आगामि तिन महिना भित्र करिब एक हजार जना नयाँ सदस्यता थप गरेर पार्टीलाई मजवुत गराउन तर्फ लागिने बताए । उनले भने ‘त्यहाँका जनता सरकारको कामले उत्साहित छन्, हामिले अझै बुझाउने छौं ।’

बिशेष रुपान्तरण अभियानका निम्ती मायादेवी गाउँपालिकामा पार्टीले प्रदेश सदस्यहरु बिजय जैसवाल र घरभरन यादवलाई खटाएको छ । यस्तै केन्द्रिय सदस्य किस्मत बिकलाई पनि उत्त पालिकामा खटाईएको छ ।

प्रकाशित : १७ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६