अर्थ-वाणिज्य

सामाजिक सुरक्षा भत्ता अव सिधै लाभग्राहीका खातामा जम्मा हुने सम्झौता




काठमाडौं।१७ भदौ । राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभाग र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता भएको छ।सम्झौतामा विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। इलेक्ट्रोनिक फण्ड ट्रान्सफरको माध्यमबाट सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट सोझै लाभग्राहीको खातामा जम्मा हुन थालिसकेको छ।हाल विभागमा ३७ लाख भन्दा बढी लाभग्राहीहरु आबद्ध छन्। जसलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।सम्झौतापछि लाभग्राहीहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको साथै अन्य विभिन्‍न गैर वित्तीय जानकारीहरु समेत प्राप्त हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार लाभग्राहीको खातासम्बन्धी विवरण रुजु गर्ने, लाभग्राहीको नयाँ बैंक खाता खोल्ने, बैंक खातामा रकम जम्मा गर्ने, बैंक खाताबाट रकम निकालेको विवरण, लाभग्राहीको ग्राहक पहिचान विवरणको अवस्था, लगतकट्टाको र हिसाब मिलान गर्ने लगायतका सेवाहरु हुनेछ। एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस अन्तर्गतका विभिन्‍न उपकरणहरुको प्रयोग हुने र कारोबार सोझै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने जनाइएको छ।
एनसीएचएलका विभिन्‍न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पीएसपीरपीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध(सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्टरप्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

प्रकाशित : १७ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६