काठमाण्डौ, १८ भदौ । एसिया कप क्रिकेटमा नेपालले भारतसँगको खेलमा पहिले ब्याटिङ गर्दैछ । नेपालले आज टिममा एक जना खेलाडी परिवर्तन गरेको छ । नेपालले आरिफ शेखको स्थानमा भीम सार्कीलाई राखेको छ ।
भारतले पनि जसप्रित बुम्राहको ठाउँमा मोहम्मद शामीलाई मौका दिएको छ ।
श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
यस्तो छ नेपालको प्लेइङ ११
आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।
प्रतिक्रिया