कपिलवस्तु १९ भदौ ।नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन पश्चात् मतगणनाको प्रारम्भिक मतपरिणाम अनौपचारीक रुपमा सार्वजनिक भएको छ । १०० मत गणना हुदा अध्यक्षमा कडा टक्कर देखिएको छ । राधाकृष्ण कंडेलले ५० मत पाउदा हरि रिजालले पनि ५० मत नै पाएका छन् । यसैगरी उपाध्यक्षमा भोज प्रसाद श्रेष्ठ ५३ , विश्वराज वराल २, पुजन बिश्वकर्मा १२ , शान्त कुमार वलि ५ मत पाएका छन् ।
यस्तै सह सचिव पुरुषमा दुर्गा थारु ४४ र पुर्ण वहादुर थापाले ४४मत पाएका छन् । यी दुई उपसचिव क्रमश कडेल र रिजाल प्यानलका हुन् । यस्तै उपेन्द्र कामिले ११ मत पाएका छन् । सह सचिव महिला तर्फ कठेल प्यानलकी लिला रानाले ३८ र रिजाल प्यानलकी वसन्ति अधिकारीले ३७ मत पाएकी छन् । स्वतन्त्र प्यानलकी आरति पौडेलले २५मत पाएकी छन् ।








प्रतिक्रिया