प्रदेश

देशमा नयाँ बैकल्पिक शक्ति खडा हुन सक्ने संकेत




हरि घिमिरे, २० भदौ ।
यतिवेला देशमा नयाँ बैकल्पिक शक्ति खडा हुन सक्ने संकेत देखिएको छ । बैकल्पिक राजनीति पुनः गठन नेपालले चलाएको अभियानले यस्तो संकेत देखाएको हो । बैकल्पिक राजनीति पुनः गठन अभियान लिएर एक समुह देश दौडाहमा छ । जसले नयाँ प्रगतिशील लोकतान्त्रिक बिकल्प सहितको बैकल्पिक शक्ति खडा गर्न तर्फ नागरिक तथा अगुवाहरु संग अन्र्तक्रियात्मक कार्यक्रमहरु चलाई रहेको छ ।


प्रगतिशील लोकतान्त्रिक बिकल्पका लागि जन संबाद बिषयक एक दिबशिय बृहत अन्तरक्रिया कार्यक्रम लुम्बिनीमा पनि सुरु भएको छ । अभियानको दोश्रो चरणको कार्यक्रम यहीँ आईतवार नबलपरासीको बर्दघाटबाट सुरु भयको अभियान, सेमवार रुपन्देहीको बुटवलमा पनि भयो । बुटवलमा पनि करिब एक सयको हाराहारीमा विभिन्न राजनितीक दलका नेता, नागरीक समाज, बुद्धिजिवी, शिक्षक लगाएका बौद्धिक व्यक्तित्वहरु संग अन्र्तक्रियात्मक कार्यक्रम सकाएको छ ।


मंगलवार उक्त टोलिले कपिलवस्तुको तौलिहवामा पनि अन्र्तक्रियात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा राजनीतिक दलका नेता, नागरीक समाज, बुद्धिजिवी, शिक्षक, पत्रकारहरु संग अबको देशको विकल्प कस्तो हुने ? कसरि देशमा भईरहेका अराजक गतिविधिलाई अत्य गर्न सकिन्छ ? नयाँ समाजको परिकल्पना के ? के देशका नयाँ बैकल्पिक शक्ती आवश्यक हो ? कि भएका राजनितीक दललाई सुधार गरेर जानसक्छौं ? लगाएका विषयमा सुझाव तथा धारणा संकलन गरेको थियो ।


बैकल्पिक राजनीति पुनः गठन अभियान ,नेपाल लुम्बिनी प्रदेशको आयोजनामा भईरहेको कार्यक्रममा केन्द्रीय कार्यदलका अभियान्ताहरु डम्बर खतिवडा, केशब दहाल, मुमाराम खनाल, प्रशान्त सिंह, असोक श्रेष्ठ, सुरेन्द्र चौधरी लगाएका अभियान्ताहरु सहभागी छन् ।


कपिलवस्तुको तौलिहवामा मंगलवारको कार्यक्रम सकाएछि टोलिले बुधवार , २० गते दाङ्गको लमहीमा कार्यक्रम गर्दाै छ । टोलिले २१ गते बाकें को नेपालगंज, २२ गते बर्दियाको गुलेरिया,२३ गते कैलालीको अतेरिया, २४ गते धनगढीमा राजनैतिक संबाद हुने अभियानको केन्द्रीय कार्यालयले जनाएको छ ।


अभियानले असौजको तेस्रो साता सम्म राष्ट्रिय भेलाको आयोजना गरि बितेको एक बर्षको दौरानमा भए गरेका राजनैतिक र बैचारिक र संङ्गठनात्मक कामको समग्रमा समिक्षा गरि आगामी निति तथा कार्यक्रम तय गर्ने केन्द्रीय कार्यदलका सदस्य नारायण खनालले जानकारी दिए ।

प्रकाशित : २० भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६