अर्थ-वाणिज्य

भड्कीलो तीजलाई बस्ती बस्तीमा रोक लगाऔं : सांसद घिमिरे




सिता बेल्वासे
कपिलवस्तु २० भदौ ।भड्कीलो तीजलाई बस्ती बस्तीमा रोक लगाउन सांसद विमला घिमिरेले आग्रह गर्नु भएको छ । बाणगंगा ८ स्थित लोगाइमा नगरपालिका वडा नम्वर ८ ले आयोजना गरेको तिज गित प्रयोगिता कार्यक्रममा वोल्दै उक्त कुरा बताउनु भएको हो ।पछिल्लो समय मौलिक संस्कृत मौलिक परम्परागत जित गित हराउदै गएको अबस्थामा वाणगंगा वाड नं ८ ले मौलिक संस्कृती जर्गना गर्ने उद्धेश्यले परापुर्व काल देखि चल्दै आएको रितिरिवाज संस्कृती, परम्परा, नेपालीको गहनालाई गित मार्फत प्रस्तुत गर्नु सह्रानिय भएको बताउनु भयो ।फरक प्रसंगमा उहाँले वडाका विकासका काम र महिला ससक्तिकरणका कामलाई समेटेर महिलाको सहभागि प्रभावकारी गराउनु आवश्यक रहेको सासद घिमिरेको औल्याउनु भयो ।
वाणगंगा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले तिजको शुभकामना दिदै महंगो होटेल तथा तडकभडक गरि तिजको नाउमा गहना प्रदर्शन गर्ने तिजको दर खाने चलन मौलाउदै गएको अवस्थामो वडाले मौलिक संस्कृतीको जर्गना गदै तिज प्रयोगिता राख्नु राम्रो भएको बताउनु भयो , उहाले हरितालिका तिज महिला दिदीबहिनीहरुलाई एक आपसमा भेला भई खुसी साटासाट गर्ने र गित एवं कलाका माध्यमबाट आफ्नो बेदना प्रस्तुत गर्ने पर्वको रुपमा रहेको उहाले जोड दिनु भयो ।यस्तै मौलिक तिजका भाका बाट चेलिका बेदना पोख्दै वडाका गतिबिथिको विकास निर्माणका काम गितको माध्यमबाट प्रस्तुत गरी वडामा विकासको काम प्रति ध्यान दिन आवश्यक रहेको प्रयोगिता सहभागिको प्रस्तस्तु रहेको थियो ।
तिज गित प्रयोगिता कार्यक्रममा बिभिन्न टोल बिकास समीती विद्यालयबाट गरी ९ टिमले सहभागिता जनाएका थियो । जस अन्र्तगत लौगाइ टोल बिकास संस्थ प्रथम पुलचोक टोल बिकास संस्था दितिय , धनेशपुर टोल बिकास संस्था तृतिय र मधुबन टोल बिकास संस्था सान्त्वना भएको निर्णायक मण्डल सदस्य पुर्ण परियारले बताउनु भयो । महिला सदस्य जुना देवि थारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रको अध्यक्षता कार्यपालिका सदस्य शारदा परीयारको रहको वडा सदस्य शैलेन्द्र बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : २० भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६