अर्थ-वाणिज्य

एक महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै : प्रदेश निजामती सेवा व्यवस्थापन विधेयक अघि बढ्ने




रुपन्देही २१ भदौ । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक बिहीबार बस्दैछ । प्रदेशसभाले सूचना जारी गर्दै बिहीबार १२ बजे बैठक बस्ने जनाएको हो ।प्रदेशसभाको बैठकमा सरकारले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ अगाडि बढाउने तयारी गरेको छ । बैठकको कार्यसूचीमा प्रदेश मामिला तथा कानून समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले उक्त विधेयकको विषयमा बनेको प्रतिवेदन सभामा पेश गर्ने रहेको छ ।यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाएको थियो । बिहीबारको बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेरसम्बन्धी जानकारी, प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुखले जानकारी गराउने र शून्य समयमा सांसदहरुले बोल्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : २१ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६