प्रदेश

सरकार उदासीन बनेको लुम्बिनीका प्रतिपक्षी सांसदहरुको गुनासो



लुम्बिनी, २१ भदौ । लुम्बिनी प्रदेश प्रतिपक्षी दलका सांसदहरूले सरकार उदासीन बनेको आरोप लगाएका छन् । ​​ बिहीवारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न महत्वका विषय उठान गर्दै समाधानमा सरकारले प्राथमिकता नदिएको बताएका हुन् ।

प्रतिपक्षी दलका सांसदहरूले जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रदेश सरकारले प्राथमिकता नदिएको आरोप लगाए । महँगी, कालोबजारी, अभाव, आर्थिक मन्दी, व्यवसायीमा बढिरहेको निराशा र वितृष्णालगायत प्रदेशमा रहेको गौरवका विभिन्न आयोजनाहरूको प्रभावकारी कार्यान्वयनमा सरकारले उदासीनता देखाएको उनीहरुको गुनासो थियो ।

शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेशको दीर्घकालीन विकासका लागि अघिल्लो सरकारले अगाडि बढाएका विकास निर्माणका महत्वपूर्ण काममा अहिलेको सरकारले चासो नदिएको गुनासो गरे ।

सदनको शून्य समयमा भूवनेश्वरप्रसाद चौधरी, एमालेका चिन्तामणि पाण्डे, कांग्रेसका विष्णुप्रेम पाठक, एमालेका रामजी घिमिरे, लोसपाका कन्हैया बानियाँ, नेकपा एसकी भगवती अधिकारी, बाचा कुर्मी, एमालेका गिरीधारीलाल न्यौपाने, धनुलक्ष्मी श्रेष्ठलगायतका सांसदहरूले विभिन्न महत्वपूर्ण विषयमा बोलेका थिए ।

प्रकाशित : २१ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६