खोज–अनुसन्धान

पुरस्कृत हुन छनौट देशभरका उत्कृष्ट निजामतिमा को को परे ?




कपिलवस्तु २२ भदौ । सरकारले २०औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन । यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ ।
प्राप्त जानकारी अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० कर्मचारीहरूमा धनकुटा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राम प्रसाद लम्साल, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, मालपोत कार्यालय खाँदवारीमा मालपोत अधिकृत चन्द्र प्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कम्प्यूटर अधिकृत सुनिल कुमार के।सी।, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौडाका नायव सुब्बा शुभलक्ष्मी लामा रहेका छन् ।
यसैगरी निजामती सेवा पुरस्कार पाउनेमा कान्ति बाल अस्पतालकी प्रमुख अस्पताल नर्सिङ प्रशासक डा। रोशनी लक्ष्मी तुइतुई, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट अफ इन्जिनियर कुमार प्रसाद घिमिरे, श्रम तथा रोजगार कार्यालयका वरिष्ठ कारखाना निरीक्षक सुजन जोजिजु, ठूली भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्साल, शिक्षा, विकास तथा समन्वय ईकाई, बर्दियाका इकाई प्रमुख रेविका अमात्य, खाद्य सुरक्षा तथा पोषण सुरक्षा सुधार आयोजना, सिन्धुपाल्चोकका वरिष्ठ बागवानी किवास अधिकृत राजेश कुमार के।सी।, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराई, वनस्पती विभागकी वरिष्ठ योजना अधिकृत सङ्गीता स्वाँर, राहदानी विभागका उपसचिव डा। डमरुबल्लभ पौडेल, लोक सेवा आयोगका उपसचिव नारायण प्रसाद ज्ञवाली र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव चुडाराज सापकोटा रहेका छन् ।

निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनेमा सडक विभागकी सिनियर डिभिजनल इन्जिनियर शोभा गिरी, उच्च अदालत दिपायलका इजलास अधिकृत नरबहादुर नेगी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत मिना पौडेल, जिल्ला सरकारी वकिल कार्यालय ललितपुरकी जिल्ला न्यायाधिवक्ता सुशीला ज्ञवाली, सहरी खानेपानी तथा सरसफाई आयोजनाका इन्जिनियर किशोर पन्थी, राष्ट्रिय कितावखानाका शाखा अधिकृत नवराज तामाङ व्लोन, अर्थ मन्त्रालयका शाखा अधिकृत युक्त प्रसाद सुवेदी, राष्ट्रिय अभिलेखालयका अनुसन्धान अधिकृत मनिता न्यौपाने, भेटेरीनरी गुणस्तर तथा औषििध नियमन प्रयोगशालाका पशु चिकित्सक शशिधर सेढाई, जिल्ला निर्वाचन कार्यालयका काठमाडौँका जिल्ला निर्वाचन अधिकृत ठाकुर प्रसाद भट्टराई र सिरहा जिल्ला अदालतका नायव सुब्बा मनोज कुमार महतो रहेका छन् ।
निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनेमा जिल्ला हुलाक कार्यालय सुनसरीका नायव सुब्बा राजु कटुवाल क्षेत्री, नापी कार्यालय डोल्पाका सर्भेक्षक हुर्मत वि।क।, उपराष्ट्रपतिको कार्यालयकी नायव सुब्बा देवकला अर्याल, गृह मन्त्रालयका नायव सुब्बा उमेश भट्टराई, कोष तथा लेखा नियन्त्रक कार्यालय, सर्लाहीका सह लेखापाल राम प्रकाश साह, जिल्ला प्रशासन कार्यालय, बागलुङका खरिदार दीपकराज पन्त, राष्ट्रिय योजना आयोगका कार्यालय सहयोगी शान्ता महर्जन र भेरी अस्पतालका कार्यालय सहयोगी जवाहर लाल अहिर रहेका छन् ।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६