प्रदेश

आरक्षण कोटाको माग गर्दै प्रदेशसभा भवन अगाडि अनशन



दाङ, २२ भदौ । आरक्षण कोटाको माग गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशले बुधबारदेखि रिले अनशन शुरु गरेको छ। लुम्बिनी प्रदेशसभामा पेस भएको निजामती कर्मचारी ऐनमा अपांगता कोटा सुनिश्चित हुनुपर्ने माग गर्दै महासङ्घले बिहीबारदेखि लुम्बिनी प्रदेश सरकारको मूल गेट अगाडि रिले अनशन सुरु गरेको हो।

प्रदेशसभामा पेस भएको निजामती कर्मचारी ऐन २०८० मा आरक्षण कोटा अन्तरगत अपाङ्गताको कोटा ५ प्रतिशत हुँदै आएकोमा घटाएर ३ प्रतिशत कायम भएको भन्दै महासङ्घले उक्त प्रावधान सच्याउन माग गर्दै पहिलो चरणको आन्दोलनअन्तर्गत भदौ २३ गते सम्म रिले अनशनको कार्यक्रम शुरु गरेको महासङ्घका लुम्बिनी प्रदेश सहसचिव मनोज पंगेनीले बताए।

उनले दबाब दिने उद्देश्यले भाद्र २१ गतेदेखि भदौ २३ गते सम्म दैनिक बिहान १०स्३० बजेदेखि बेलुका ४ बजे सम्म लुम्बिनी प्रदेशसभाको मूलगेट अगाडि शान्तिपूर्ण रिले अनशन सुरु गरेको बताए।

सबै प्रदेशमा अपांगता कोटा ५ प्रतिशत कायम छ, तर लुम्बिनी प्रदेश सरकारले अपांगता हरू को अधिकार कटौती गर्न आरक्षण कोटा घटाएको उनले बताए।

लुम्बिनी प्रदेश सरकारले संसद् सचिवालयमा पेश गरेको निजामती सेवाको गठन सर्त सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक २०८० को दफा ११ मा पदपूर्ति सम्बन्धी विशेष व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरूको लागि ३ प्रतिशत समानुपातिक कोटा व्यवस्था गरिएको प्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यालयको गम्भिर ध्यानाकर्षण भएको बताउँदै उक्त पदपूर्ति सम्बन्धी व्यवस्थालाई संशोधन गरी ५ प्रतिशत कायम गरिनुपर्ने महासंघ लुम्बिनी प्रदेशका प्रदेश व्यवस्थापक धीरेन्द्र विकले माग गरे।

उनले अपाङ्गता भएका ब्यक्तिहरूलाई सरकारी सेवामा मूल प्रवाही करण गर्नुपर्ने, नेपालको संविधान २०७२ को समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूको नागरिक अधिकार तथा मानव अधिकारको रक्षा र प्रवर्द्धन गर्न र अपाङ्गता भएका व्यक्तिहरू मैत्री शासन प्रबर्द्धन गर्नुपर्ने र समाजिक न्याय प्रबर्द्धन गर्न माग गरिएको प्रदेश व्यवस्थापक विकको भनाइ छ।

यता, प्रदेश सांसदहरूले अपांगता भएका नागरिकहरूले उठाएको माग जायज भएको र संसद् बैठकमा अपांगता कोटा सुनिश्चितताका लागि जोडदार आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। सांसद विश्वप्रेम पाठकले निजामती ऐनमा अपांग भएका व्‍यक्तिहरूका लागि ५ प्रतिशत कोटा राख्ने कुरामा आफू सहमत रहेको भन्दै सदनमा यसका लागि कुरा उठाउने बताए।

रिले अनशनको पहिलो दिन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव मनोज पङ्गेनीको अगुवाइमा अपाङ्गता भएका करिब ५० जना बढीको सहभागिता थियो।

प्रकाशित : २२ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६