अन्तर्राष्ट्रिय

मोरक्कोमा शक्तिशाली भूकम्पः कम्तीमा २ सय ९६ जनाको ज्यान गयो




मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा २ सय ९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

भूकम्पबाट कम्तीमा एक सय ५३ जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारका काम भैरहेका छन् । भूकम्पको केन्द्रबिन्दु ‘हाइ एट्लस माउन्टेन्स’ रहेको र यो माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ ।

स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो । ज्यान गुमाउनेमा माराकेस र त्यहाँबाट दक्षिणका क्षेत्रमा रहेका मानिस रहेका बीबीसीले जनाएको छ ।माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएका छन् ।

प्रकाशित : २३ भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६