प्रदेश

माओवादीको अभियानः अनेमा संघ क्रान्तिकारी बाणगङ्गाद्वारा तिज मिलन



कपिलवस्तुले, २४ भदौ ।

नेकपा माओवादी केन्द्र अहिले तीन महिने अभियानमा छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ मूल नाराका साथ भदौ १६ गतेदेखि सुरु भएको अभियानमा माओवादी केन्द्रका नेताहरू खटेका छन् । अभियानमा अन्तर्गत अनेमा संघ क्रान्तिकारी बाणगङ्गाले तिज मिलन कार्यक्रम गरेको छ ।

अनेमा संघ क्रान्तिकारीले तिज पर्वको शुभकामना आदान प्रदान गर्दै महिलाहरूको प्रतिनिधित्वका लागि अनेमा संघ क्रान्तिकारी सँग जोडिन सबै महिलाहरू आग्रह समेत गरेका छन् । बाणगङ्गा ८ लौगाई बाणगंगा बहुमुखी क्याम्पसको सभाहलमा भएको तिज विशेष मिलन कार्यक्रममा केन्द्रीय समिति सदस्य कमल चुदाली, छमकुमारी खनाल (चिनारी), प्रदेश समिति सदस्य दिनेश पुन लगायतका नगरका नेताहरूको सहभागिता रहेको थियो ।

अभियानमा माओवादी नेता–कार्यकर्ताहरूले कतै सरसफाइ गर्नुको साथै किसानसँग खेतमा काम गर्ने, रक्तदान, स्कुलमा गएर पढाउने, सिँचाइका लागि नदीमा बाँध बाँध्नेसम्मको कार्य गरिरहेका छन् । वडा तहबाट सुरु गरिएको सो अभियानमा माओवादीहरू जनताको घरघरमा पुग्ने प्रयास गरिरहेका छन् । त्यही भएर जनताले गर्ने हरेक काममा सहयोग गर्ने काम माओवादी नेता–कार्यकर्ताहरूले गरिरहेका छन् ।

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६