प्रदेश

घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु



चन्द्रौटा,२४ भदौ ।
कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका १ शिवपुर बनकसबासामा रुखमा चढेर घाँस काट्ने क्रममा आइतबार बिहान ज्यान गएको हो । मृत्यु हुनेमा अन्दाजी ५० वर्षका धन बहादुर थापा (काले) रहेका छन् । उनले विगत केही समय देखि स्थानीयहरूलाई घाँस दाउरा दिएर खाने बस्ने गरेका थिए । उनका परिवारका कुनै पनि सदस्य यहाँ नरहेकोले सम्पर्क गर्ने प्रयास भइरहेको वडा अध्यक्ष खिम विक्रम केसीले बताउनुभयो । बिहान पानी परिरहेकोले रुखमा चढेको समय करेन्ट लगेको बताइएको छ । उनको घटना स्थलमै मृत्यु भएको हो । थापाको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६