पर्यटन

होटल तथा पर्यटन व्यवसायी सङ्घद्वारा स्थापना दिवसमा विविध कार्यक्रम सम्पन्न



कपिलवस्तु, २४ भदौ ।  

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले बाणगङ्गा वडा न. २ मा रहेको कैलाश आश्रम धाममा खाद्यान्न प्रदान गरेको छ । संघले स्थापना दिवसको अवसर पारेर मनकामना संस्कृत गुरुकुलम्मा खाद्यान्न प्रदान गरेका हो । होटल तथा पर्यटन व्यवसायी संघले पर्यटन प्रवर्द्धनमा जोड दिदै गुरुकुलको पनि संरक्षण गर्नु दायित्व बोध भएकाले स्थापना दिवसमा यस्ता खाले विभिन्न कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रविन्द्र पौडेलले बताए ।

पर्यटकीय स्थलको प्रबर्द्धन गर्न होटल तथा पर्यटन व्यवसायी संघ अग्रसर होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु पर्यटकीय स्थलको प्रवर्द्धनमा अग्रसर देखिएको छ । संघले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर पर्यटकीय प्रवर्द्धनमा जोड दिएको हो । संघले स्थापना दिवसको पहिलो दिन विहीवार ऐतिहासिक तथा पर्यटकीय स्थल जगदिशपुर ताल, प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट लगायत धार्मिक तथा पर्यटकीय स्थलहरूमा चिनारी सहितका बोर्ड लगाएको छ । संघले जिल्लाका सिमाना तथा मुख्य क्षेत्रहरूमा बोड लगाएको छ । सम्बन्धित पर्यटकीय स्थल सम्म पुग्नको लागि कहाँ बाट कसरी पुग्न सकिन्छ भन्ने सांकेतिक चिह्नहरू समेटिएको छ ।

यस्तै सोही अवसरमा संघले बाल मन्दिर तौलिहवामा रहेका अनाथ बालबालिकालाई खाद्यान्न बितरण गरेको छ । संघले प्रथम स्थापना दिवसमा बनाएको पूर्व निर्धारित कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सम्पन्न गरेको अध्यक्ष रविन्द्र पौडेलले बताए ।

शुक्रवार बाणगङ्गा नगरपालिकाको नन्दनगरमा भएको खाद्यान्न वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रमुखको प्रहरी निरीक्षक गोपाल रायमाझीको प्रमुख आतिथ्यता, संघका बरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटाको स्वागत तथा सदस्य दीपक आचार्यको सञ्चालन सम्पन्न भएको थियो । सेहि अनुसार असोज १० गते संघको साधारण सभा हुने जनाईएको छ ।

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६