प्रदेश

शान्ति सुरक्षा र अपराधमा कुनै पनि सम्झौता हुँदैनः प्रहरी उपरिक्षक पौडेल




तौलिहवा, २५ भदौ ।

कपिलवस्तुका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक नवरत्न पौडेलले नागरिक विना वर्दीको प्रहरी रहेको बताउनुभएको छ । उहाँले प्रहरी कार्यालयले आयोजना गरेको सञ्चारकर्मी संगको परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो नागरिक विना वर्दीका प्रहरी हुन भने हामी वर्दीका प्रहरी रहेको बताउनुभयो ।


प्रहरी उपरिक्षक पौडेलले शान्ति सुरक्षा र अपराधमा कुनै पनि सम्झौता नगर्ने बताउनु भएको छ । नागरिकको शान्ति सुरक्षाको ग्यारेन्टी लिएर आफूहरूले काम गर्ने बताउनुभयो । नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने आफ्नो प्रमुख भुमिका रहने उहाँले बताउनुभयो । उहाँले पत्रकारहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
प्रहरीले पत्रकारलाई चाँडो भन्दा चाँडो सूचना दिन तयार रहेको तर घटनाबारे प्रहरीसँग पुष्टि गरेर मात्र सूचना संप्रेशषण गर्न आग्रह गर्नुभयो । प्रहरी उपरिक्षक पौडेलले सिमा सुरक्षा, लागु औषध, तस्करी नियन्त्रण लगायतका सवालमा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो । कपिलबस्तु हुदैं भारतबाट नेपालमा धार्मिक यात्राका लागि आउने पर्यटकलाई दुःख दिने काम नगरिने बताउनुभयो ।


कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुले सिमा सुरक्षा, चोरी तस्करी नियन्त्रण, लागु औषध लगायतको विषयमा प्रहरीले विशेष ध्यान दिनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा, विभिन्न मिडियाका प्रमुख एव्म प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २५ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६