ब्रेकिंग न्युज

‘श्रीनगर सांस्कृतिक डबली’सञ्चालनमा आउन किन सकेन ?

सातकरोड खर्चेर डेढ वर्ष अघि नै तयार




पाल्पा २५ भदौ लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा आउन सकेको छैन । सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बनेका छन् ।आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको सांस्कृतिक डबली सञ्चालनमा प्रदेश सरकारले नै बेवास्ता गर्दा बनेको संरचना बिग्रिँदै गएको हो । डबली सञ्चालन गर्न कार्यविधि र निर्देशिका बनाउन प्रदेश सरकारको ध्यान पुगेको छैन । प्रदेश सरकारको बेवास्ताका कारण जनताको राजस्वबाट भएको लगानी खेर जान लागेको स्थानीय बासिन्दाले बताएका छन् ।
बनेको डबलीभित्र झार उम्रिएका छन् । संरचनामा समेत क्षति पुगेको छ । तर लामो समयसम्म पनि प्रदेश सरकारले सांस्कृतिक डबली सञ्चालन गर्नेबारेमा निर्णय गर्न नसकेको तानसेन नगरपालिकाले जनाएको छ । तानसेनमा सांस्कृतिक डबली बन्नु राम्रो भए पनि लामो समयसम्म सञ्चालन नहुँदा नगरपालिकामाथि पनि प्रश्न उठेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो । तानसेन नगरपालिकाले डबली सञ्चालन गर्न दिनु भनेर प्रदेश सरकारलाई पत्र पठाए पनि त्यसको जवाफ नआएको उहाँले उल्लेख गर्नुभयो । विसं. २०७७ असारदेखि सुरु भएको सांस्कृतिक डबली निर्माण सम्झौताको म्यादभन्दा एक वर्ष ढिला गरी डेढ वर्षअघि सकिएको थियो । लुम्बिनी प्रदेश सरकारको लगानी छ करोड ८१ लाख रुपियाँ लगानीमा सांस्कृतिक डबली निर्माणको भएको थियो । सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङ स्थल, बाउन्ड्री, बस्ने स्थल, हरियाली बगैँचा निर्माण गरिएको छ । तर ती संरचनामा अहिले झार उम्रिएका छन् ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६