अर्थ-वाणिज्य

२ करोडबढी खर्चेको पिसिआर मेसिन वेबारिसे, होल्डिङ सेन्टर प्रयोग विहिन

अलपत्र लगानीको जिम्मा कसले लिने ?




डिलाराम भुसाल
कपिलवस्तु २७ भद्रौ । कपिलबस्तुमा करिब दुई करोड बढि खर्च भएको पिसिआर मेसिन वेबारिस र ,होल्डिङ सेन्टर प्रयोग विहिन भएका छन् । कपिलवस्तु नगरपालिका–३, चपरतल्ला स्थित कपिलवस्तु जिल्ला अस्पतालले संचालन गरेको पिसिआर मेसिन र होल्डिङ सेन्टर राखेको भवन प्रयोग विहिन बनेको छ । माथिल्लो तलामा पिसिआर मेसिन छ भने तल्लो तलामा आईसोलेसन सेन्टर वनाएको छ । दुई तले सुन्दर चिटिक्को भवन अहिले प्रबेश गेटमा भोटे ताल्चा झुण्डिएको र ताल्चापनि खिया लागेर पुरानिएकोछ धुलोमाटोले मैलिएको देदिन्छ । कम्पाउण्ड भित्र घुडाघुडा घास उम्रिएको छ ।
पिसिआर मेसिन राखिएको भवनको माथी उक्लिदै जाने फलामे सिढी घासका लहरा र झारपात बेरिएर बाटै बन्द गरेको छ भने भवनका ढोका माकुराको जालोले जेलिएको र भवनको चारतिर फोहरै फोहर भोरीएको देखिन्छ । उक्त सुविधा संपन्न भवन अहिले वेवारिसे बनेको छ । दुई करोड खर्च गरेर मेसिन संचालन,र कोठा व्यवस्थापन र जेनेरेटर राखिएको बताएको छ । त्यस्तै एसी, फर्निचर र भ¥याङ बनाईएको छ । साबिकको महिला विकास कार्यालयको नवनिर्मित भवनमा मेसिन संचालन गरिएको र महिला विकास कार्यालय नरहेपछि उक्त भवन कपिलवस्तु नगरपालिकाको स्वामित्वमा रहदै आएको थियो ।नगरपालिकाको उक्त भवनमा कोरोना संक्रमणका बेला कपिलवस्तु अस्पतालले पिसिआर मेसिन संचालन गर्न लियाको थियो । ०७७ असोजदेखि लिएको उक्त भवनमा पिसिआर मेसिन मुस्किलले ४ महिना संचालनमा आएको बताएको छ । करिब दुई करोड खर्च गरेर पिसिआर मेसिन जडान, संचालन र व्यवस्थापन गरिएको थियो । ०७७ फागुनदेखि ०७८ जेठसम्म संचालनमा रहेको भवनमा अस्पतालको भोटे ताल्चा लागेको छ ।

वेवारिसे पिसिआर मेसिनः
कोरोना संक्रमणको पहिलो लहरका बीच पिसिआर परिक्षण सहज बनाउन जिल्लामै ल्याब संचालन गर्ने सर्बदलीय सर्वपक्षिय सहमति बन्यो । जिल्लाका दुई संघीय सांसद बृजेशकुमार गुप्ताले १ करोड ४६ लाख र चक्रपाणी खनालले २८ लाख रकम प्रदान गर्ने निर्णय गरे । जिल्ला कोरोनाको हटस्पट बन्दै जनधनको क्षति हुन थालेपछि त्यस्को न्यूनिकरणकालागि उनीहरुले विकास बजेटबाटै मेसिन संचालनकालागि रकम प्रदान गरेका थिए । उनीहरुले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ०७७ जेठमै रकम प्रदान गरेका र मेसिन संचालन गर्ने निर्णय भएको साढे ३ महिनापछि ०७७ असोज १२ गते जिल्ला अस्पतालले मेसिनकालागि टेण्डर निकालेको बताएको छ । बोलपत्र परेको दुई महिना बढी लगाएर ०७७ पुस २१ गते मेसिन आईपुगेको र टेण्डर सूचना ३० दिने को रहेको बताएको छ । पिसिआर मेसिन संचालन गर्ने निर्णय भएको ९ महिना पछि बल्लतल्ल मेसिन आएको र संचालन भने ०७७ फागुनदेखि मात्र हुन सकेको बताएको छ ।

०७८ जेठसम्म संचालन भयोएको र त्यस पछि संन्चालन हुन नसकेको बताएको छ । उक्त मेसिन एक करोड ५ लाख लागतमा ल्याईएको बताएको छ । सासदले प्रदान गरेको रकम मध्ये ठेक्का लागेर बचेको रकमबाट मेसिन संचालन र कार्यालय व्यवस्थापन गरेर संचालन गरियएको र मेसिन राखिएको भवनमा एसी, फर्निचर, पंखा, सिसिटिभी र भ¥याङ बनाउन अस्पतालले १५ लाख बढी खर्च गरेकोछ ।२६ केभिएको ८ लाखको जेनरेटर बाहिर फालिएकोछ । झ्याल ढोका राख्न र कोठा पार्टेसन गर्न ५ लाख बढी लागत लागेकोछ । तल तलामा आईसोलेसन सेन्टरकालागि अस्पतालले १५ लाख बढी खर्च गरेको र सयबढी ग्यास सिलिण्डरहरु रहेको बताएको छ । आधारभूत अस्पतालकालागि चाहिने उपकरण सबंै छन् । लामो समयसम्म मेडिकल उपकरणहरु प्रयोग विहिन हुनु हुदैन् एक ल्याब टेक्निसियन भने त्यस्मा फंगस लाग्ने र विग्रने हुन्छ । करिब दुई करोड खर्च गरेको भवन अहिले वेबारिसे बनेको छ । त्यहा जोडिएको लाईन काटिएकोछ । तार असरल्ल फालिएका छन् । सुरक्षाकर्मी छैनन् । कोही मान्छे नबस्दा असुरक्षित बनेकोछ । अस्पतालले भवन नछाडदा नगरपालिकाले भवन भाडामा लगाउन पाएको छैन् । प्रयोग नहुनेभएपछि अब अस्पतालले उक्त भवन छाडनु पर्ने कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले भनाई छ ।
दुई करोडमा १६ सय नमूना परिक्षण

ठूलो महत्वाकांक्षासाथ संचालनमा ल्याईएको पिसिआर मेसिनले करिव ४ महिनामा एक हजार ६ सय नमूनामात्र परिक्षण गरेको बताएको छ । पिसिआर मेसिन बिएसएल सेकेण्ड प्रविधिको अत्याधुनिक मेसिन हो । एक घण्टामा ९६ जनाको स्वाव परिक्षण गर्ने क्षमताको छ । पिसिआर मेसिन संचालन गर्ने छुट्टै जनशक्ती छैन् । प्रदेश र संघीय सरकारबाट पनि बजेट विनियोजन नहुदा संचालन हुन समस्या देखिएको कपिलवस्तु अस्पतालका सुचना अधिकारी रत्नाकर सुक्लाले बताए । पहिलेको जस्तो कोभिड संक्रमणको अवस्था छैन् । प्रदेश सरकारले कार्यविधि बनाएर त्यसलाई कसरी उपयोग गर्ने भन्ने नीति बनाउन आवश्यक रहेको कपिलवस्तु अस्पतालका मेसु डा विपिन जैसवालले बताए । ल्याबमा रहेको कोरोना संक्रमण परिक्षण गर्ने उपकरणलाई सुरक्षित राख्ने र त्यस बाहेकका अन्य मेसिन अस्पतालमा ल्याएर उपयोग गर्न सकिने भएको ले यसलाई ब्यबस्थान कसरी ग्रर्ने भन्ने बिषयमा छिटै पहल ग्रर्ने जैसवाल ले बताए ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६