कपिलवस्तु, २७ भदौ । नेकपा माओवादी कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ को बाणगंगा टोल कमिटीको अध्यक्षमा पुन नवराज न्यौपाने चयन हुनुभएको छ । बुधवार जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बाणगंगामा भएको एक कार्यक्रम बाट न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।
त्यस्तै उक्त भेलामा एक दर्जन भन्दा धेरै विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेका छन । देशलाई समुन्नतीको बाटोमा हिडाउने योजना, क्षमता र सिद्धान्त माओवादी सङ्ग मात्र भएकोले आफुहरु पार्टी प्रवेश गरेको उनिहरुले बताएका छन ।
कार्यक्रममा केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारी), प्रदेश कमिटी सदस्य दिनेश पुन, प्रदेश परिषद सदस्य हुमनाथ पैडेल, बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा कमिटी अध्यष विष्णु पौडेल, किसान नेता फणिराम जि.सी, अनेमा संघ नगर अध्यक्ष गिता पौडेल, पार्टीका कार्यक्रर्ता लगायत स्थानियको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया