प्रदेश

यथास्थितिमा सरकारलाई पूर्णता दिन लुम्बिनी मुख्यमन्त्रीलाई आग्रह



रुपन्देही, २८ भदौ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको बिचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेको छ ।

कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको लुम्बिनी प्रदेश कार्यालय राप्ती उपत्यका पाखापानी, दाङमा सम्पन्न बैठकले लुम्बिनी प्रदेशका जनताका जनजीविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनिति दलसँग समन्वय गर्दै संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघीय सरकारलाई नेपालको संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिन अनुरोध पनि गरेको छ ।

त्यस्तै बैठकले प्रदेश पोलिसी ह्याकथन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मुख्य सचिव मोहनराज शर्माले बताए ।

प्रकाशित : २८ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६