प्रदेश

बेच्न लैजाँदै गरेको ९ ओटा खसीबोका पक्राउ



जानु पाण्डे

कपिलवस्तु, २८ भदौ । कपिलवस्तुको कृष्णनगर नगरपालिका –१० सौनहवामा साइकल मर्मत गर्ने जमिल मियाँ (जमिर) को बिरामी वृद्ध आमाको खसी बेचेर उपचार गर्ने सोच बनाउनुभयो । मंगलबार आफू र दाजु रियाजले पालेका ९ ओटा खसी चन्दौटामा बिक्री गर्न लग्नुभयो ।

प्रहरी चौकी खडैचा अगाडि प्रहरीले पक्राउ गरेको छ । जमिलसँग आफूले पालेको खसी बोका हो भन्ने कागजात थिएन । त्यसपछि प्रहरीले अटोसहित ९ ओटा खसी नियन्त्रण गरेको जनाएको छ ।

खसी बेच्न बिहान ४ बजे छिमेकी सुवास मौर्यको अटो मगाउनुभयो । लु १ ह १५९३ नम्बरको अटोमा खसी बोका लैजाँदै हुनुहुन्थ्यो । प्रहरीले तस्करको आशंकामा पक्राउ गरेको जनाएको छ । तस्करी गरेर ल्याएको भए लुकाएर लैजान्थें हुँला । घरमा पालेको भएर ढुक्क भएर मुख्य सडक र प्रहरी चौकी अगाडीबाट लगेको मियाले बताउनुभयो ।

प्रहरीले खसी नियन्त्रणमा लिएपछि मियाँले वडा कार्यालयको सिफारिस ल्याउनुभयो । कृष्णनगर नगरपालिका –१० ले भदौ २५ गते खसी बोका बिक्रीको लागि चन्द्रौटा पुराउन भन्दै सिफारिसपत्र प्रदान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले भारतीय सीमाबाट अवैध रुपले भित्रिएको खसी बोका बरामद गरेको बताउनुभयो । गोप्य सूचनाका आधारमा खडैया सडकमा चेकजाँच गर्नेक्रममा पक्राउ गरेको उहाँको भनाइ छ ।

अटो रिक्सा, ९ ओटा खसी बोका र अटो चालकसहित खसी बोका ल्याउने जमिर मियाँ, रियाज मियाँ र मौताव मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मियाँले घरमै खसी बोका पाल्दैआएको कृष्णनगर नगरपालिका १० का अध्यक्ष हरिपाल चतुर्वेदीले बताउनुभयो ।

अहिले पनि उहाँको घरमा पाठापाठी रहेको उहाँको भनाइ छ । प्रहरीसँग आग्रह गरे पनि कुरा नसुनेको वडाध्यक्ष चतुर्वेदीको गुनासो छ । पक्राउ परेका खसी बोका, अटो र ४ जनालाई प्रहरीले कृष्णनगर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रकाशित : २८ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६