अर्थ-वाणिज्य

नेकपा एसका केन्दिय सदस्य एवम प्रदेश सचिव गुरुङले पार्टी त्यागे : अवको यात्रा कता ?




बुटवल २८ भदौ । रुपन्देहीमा विष्णु पौडेसंग प्रतिस्पर्धा गर्न एमाले त्यागेर नेकपा एस बनेका राजु गुरुङ अन्तत्वगोत्वा एमाले मै फर्कने तयारी थालेकाछन् । जसकालागि नेकपा एस त्यागेर स्वतन्त्र वाम पन्थी बनेका हुन् । प्राप्त जानकारी अनुसार नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘आजबाट स्वतन्त्र वामपन्थी ।

आहा क्या टाउको हलुङ्गो’ भनेर स्ट्याटस लेखेका हुन् ।गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी मंसिर ४ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बनेका थिए ।उनी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग प्रतिस्पर्धामा गएका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।पार्टी छाड्नुको कारणबारे सोध्न गुरुङसँग गरिएको सम्पर्क प्रयास सफल हुन सकेन । नेकपा एसका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले आजै केन्द्रको सर्कुलर आएको तर गुरुङले पार्टी छाडेको विषय जानकारी नभएको बताए

प्रकाशित : २८ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६