प्रदेश

लागू औषध  दुर्व्यसनीमा गम्भिर बन्न प्रहरी उपरीक्षक पौडेललाई उद्योग व्यापार संघको आग्रह



तौलिहवा, २९ भदौ ।

कपिलवस्तुका मौलाएको लागू औषध दुर्व्यसनीमा गम्भिर बन्न प्रहरी उपरीक्षक पौडेललाई उद्योग व्यापार संघले आग्रह गरेको छ । प्रहरी उपरीक्षक नवरत्न पौडेललाई स्वागत गर्न तौलिहवा पुगेको संघले यस्तो कुरामा गम्भिर भएर लाग्न आग्रह गरेको हो । 

केही दिन अगाडि कपिलवस्तु आएका प्रहरी उपरीक्षक पौडेल लाई उद्योग व्यापार संघले जिल्लाका अन्य गतिविधिमा संवेदन सिल भएर लाग्न सुझाएका छन् ।  जिल्लामा खुला सिमा लगायत ले गर्दा कपिलवस्तु मा हुने चोरी तस्करी, अवैध ब्यापार , लागू औषध दुर्व्यसनी जस्ता समस्याको रहेको भन्दै जातीय एवम् भाषिक तथा धार्मिक विविधता का बारेका जानकारी गराएका थिए । 

यता प्रहरी उपरीक्षक पौडेलले देश को अर्थतन्त्रको मेरुदण्ड,  निजी क्षेत्रमा आफ्नो उच्च सम्मान रहेको बताए । उनले जिल्लामा खुला सिमा लगायत ले गर्दा कपिलवस्तुमा हुने चोरी तस्करी, अवैध ब्यापार , लागू औषध दुर्व्यसनी जस्ता समस्यामा  आफूले कसुर बाकी नराखी कार्य गर्ने बताए । उनले कपिलवस्तुमा रहेको जातीय एवं भाषिक तथा धार्मिक विविधताको कारण अन्य जिल्ला भन्दा कपिलवस्तु भिन्न रहेको बताए । उनले जिल्लाका सम्पूर्ण सरोकारवाला संघ संस्था  सँग समन्वय र सहकार्य गरि शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए ।

यता उद्योग ब्यापार संघ, कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलले व्यापार संघको विषयमा जानकारी गराउँदै प्रहरीले गर्ने नागरिकको शान्ति सुरक्षा र जनमैत्री कार्यमा सहकार्यको प्रतिबद्धता जनाए । परिचयात्मक कार्यक्रममा उद्योग ब्यापार संघ कपिलवस्तुका संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल लगायतले आफ्नो भनाई राखेका थिए । 

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६