ब्रेकिंग न्युज

लायन्स कपिलवस्तुको वृहत रक्तदान, ५८ पोइन्ट रगत संकलन



कपिलवस्तु, ३० भदौ । जिल्लामा आफ्नो फरक पहिचान बनाएको लायन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा सञ्चालित रक्तदान कार्यक्रममा ५८ पोइन्ट रगत संकलन भएको छ । रेडक्रस सोसाइटी वाणगंगा उपशाखामा आयोजित कार्यक्रममा लक्ष्य भन्दा बढी रगत संकलन भएको कार्यक्रम संयोजक सागर घिमिरेले बताएका छन् ।

आयोजित कार्यक्रम लायन्स डिस्ट्रिक ३२५ पि नेपालका द्धितिय भाइस गभर्नर बालाराम भट्टराइको प्रमुख आथितियता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गदैँ प्रमुख अथिति भट्टराइले लायन्स कपिलवस्तु जिल्लामा मात्र नभई डिस्ट्रिकमै उत्कृष्ट रहेको बताउदै रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा क्लवप्रति आभार व्यक्त गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ पि नेपाल एरिया ४ चिफ कल्पना शिवाकोटी, सेक्रेटरी डा।शान्ता शर्माको विशिष्ट आतिथ्यता साथै रेडक्रस सोसाइटी वाणगंगा उपशाखाका अध्यक्ष शंकर पाण्डेको आतिथ्यता कार्यक्रममा रहेको थियो ।

लायन्सले आयोजना गरेको पवित्र कार्यमा आफ्नो पुर्ण साथ र सहयोग रहेको भन्दै विशिष्ट अथिति लायन्स डिस्ट्रिक ३२५ पि नेपाल एरिया ४ सेक्रेटरी डा. शान्ता शर्माले समेत रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा स्वभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कपिलवस्तु कृषि सहकारी संस्था लि., होटल धुव्रतारा र प्रियांशु किराना पसलको सहयोग रहेको थियो ।

लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेको अध्यक्षता, प्रथम उपाध्यक्ष नवदत्त घिमिरेको स्वागत मन्तव्य रहेका कार्यक्रम सचिव राजु भुसालको सञ्चालन तथा लायन सागर घिमिरे र लियो प्रविण गौतमको संयोजत्वमा सम्पन्न भएको थियो ।

प्रकाशित : ३० भाद्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६