खोज–अनुसन्धान

सरकारी गाडीको दुरुपयोग रोक्न यूवासंघ राष्ट्रब्यापी रुपमा सकृय




जनकपुरधाम ३१ भदौ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सरकारी गाडीको दुरुपयोग रोक्न राष्ट्रब्यापी रुपमा सकृय बनेकोछ । यहि क्रममा धनुषाले जनकपुरधाममा शनिवार पनि सरकारी गाडीको दुरुपयोग गर्ने गाडीहरु नियन्त्रणमा लिएको छ ।भानु चोकबाट यूवा संघका कार्यकर्ताहरुले ९ वटा सरकारी गाडी नियन्त्रणमा लिएको हुन् । सरकारी गाडी दुरुपयोग रोक्ने उनीहरुको अभियानलाई ट्राफिक प्रहरीले सघाएको छ ।प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले चढेको सरकारी गाडी पनि उनीहरु नियन्त्रणमा लिएको थियो । आमसञ्चार सम्बन्धी कार्यक्रमका लागि रौतहट जान लागेको भन्दै चिट्ठी समेत देखाएपछि आफूलाई छाडेको अध्यक्ष यादवले बताए ।

सेतो नम्बर प्लेटको सरकारी चारपाङ्ग्रे गाडी ३ थान, मोटरसाइकल ५ थान र एउटा स्कुटर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको जिम्मा लगाएको युवा संघ मधेश प्रदेशका अध्यक्ष लव अधिकारीले जानकारी दिए ।विदाको दिन सरकारी गाडी गुडाउन प्रमुख जिल्ला अधिकारीसंग अनुमति लिनुपर्छ । तर अनुमति नलिएरै सरकारी गाडी नीजि काममा प्रयोग गर्ने प्रवृत्ति बढेपछि नियन्त्रणमा लिएर कारबाही गर्न अभियान चलाएको युवा संघले जनाको छ ।

प्रकाशित : ३१ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६