प्रदेश

संविधान दिवसको अवसरमा उद्योग ब्यापार संघ कपिलवस्तुद्वारा रक्तदान हुने



कपिलवस्तु, ०३ असोज । संविधान दिवसको अवसरमा उद्योग ब्यापार संघ कपिलवस्तुले भोलि वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । हाल डेङ्गी लगायतका रोगहरुको कारण रक्तसञ्चार केन्द्रहरूमा रगत अभाव भैरहेकोले रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम गर्न लागेको संघका अध्यक्ष खिमानन्द पौडेलले बताउनु भएको छ ।

ज्ञानहरी न्योपाने (रामु) को संयोजकत्वमा हुन लागेको उक्त कार्यक्रम विहिवार बिहान ८ बजेदेखि बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित पिस हिमालयन रिसोर्टमा हुने जनाइएको छ ।

रक्त सञ्चार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा हुन लागेको कार्यक्रममा सहभागि भएर रगत अभाव बाट हुने समस्यालाई समाधान गर्ने कार्यलाई सफल बनउन संघले आग्रह गरेको छ ।

प्रकाशित : ३ आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६