प्रदेश

हिलवर्टमा ३ दिने रोबोटिक्स तालिम, व्यवहारिक शिक्षा महत्वपूर्ण हुनेमा जोड

सरकारले शैक्षिक अराजकता वढाएर सबै विद्यार्थीलाई विदेशीन बाध्य पारेको छ : सांसद अधिकारी




हरि घिमिरे, ०४ असोज  ।हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले कपिलवस्तुमै पहिलोपटक ३ दिने रोबोटिक्स तालिमको सुरुवात गरेको छ । बाणगङ्गा  वार्ड नं. २, पिपरामा अवस्थित यस विद्यालयले विद्यार्थीमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमता विकास गर्न खालको तालिमको आयोजना हो ।जिल्लाको पहिलो ‘क’ बर्गको विद्यालयको रुपमा परिचित हिलबर्टले नेपाल रोबोर्ट एशोसियसनको समन्वयमा विहीवार देखि ६ गते तालिम आयोजना गरेको छ । यो पश्चिम नेपालमै नौलो सुरुवात हो । तालिममा विज्ञान, प्रविधि, आविष्कार, गणित, इन्जिनियरिङ लगायत उद्यमशीलताको विकास गर्दै पढाईलाई प्रविधि सँग जोड्ने काम हुनेछ । एक विद्यार्थी एक सीप भन्ने नाराको साथ विद्यार्थीमा आधुनिक प्रविधिको विकास गराउन यो तालिम महत्वपूर्ण हुने जनाईएको छ ।

यस्तै कार्यक्रमका प्रमुख अतिथिले विश्व बजारमा प्रतिस्पर्धा गर्ने खालका विद्यार्थीहरू उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताए । हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ३ दिने रोबोटिक्स तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले समाज रूपान्तरणमा विद्यार्थीको घोकन्ते शिक्षा भन्दा व्यवहारिक शिक्षा महत्वपूर्ण हुने भएकाले प्राविधिक शिक्षा नै समय सापेक्ष शिक्षा रहेको जिकिर गरे ।अधिकारीले फरक प्रसङ्गमा बोल्दै व्यवहारिक पक्ष कमजोर हुँदा अहिले देशभरका शिक्षक आन्दोलनमा उत्रिएको बताएका छन् । उनले संविधानमा समावेश भएको कुरा शिक्षा विधेयकमा पेश भएको बताए ।  उनले शिक्षकका माग सम्बोधन गर्ने हो भने संविधान नै संसोधन गर्नु पर्ने बताए ।सांसद अधिकारीले वर्तमान सरकारले शैक्षिक अराजकता वढाएर सबै विद्यार्थीलाई विदेशीन बाध्य पारेको दावि गरेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै  बाणगङ्गा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले विद्यार्थीहरूको विदेश पलायनलाई रोक्न तिनै तहको सरकार, शिक्षक र अभिभावक गम्भीर हुनुपर्ने बताईन । अहिले पढ्न र सीप सिक्नु आवश्यक रहेको भन्दै सिकाइको लागि व्यवहारिक पक्षलाई विशेष जोड दिनुपर्ने उनको तर्क रहेको थियो ।त्यस्तै इकाई प्रमुख शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका थानेश्वर घिमिरेले आजको आधुनिक वैज्ञानिक युगमा विभिन्न प्रविधिको महत्व रहेको बताउँदै यस्ता कार्य हरेक विद्यालयमा गर्न आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै कपिलवस्तु प्याब्सन अध्यक्ष सुन्दर पाण्डेले रोबोटिक्स र आइ.एस.ओ को कार्यमा विद्यालयलाई  सफलताको शुभकामना दिदै विज्ञान र प्रविधिको युग तर्फ सबै विद्यालयले ध्यान दिनुपर्ने बताएका छन् । साथै उनले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने खालका विद्यार्थी तयार गर्नु अहिलेको आवश्यकता रहेको बताए ।सर्टिफिकेट नेपालका म्यानेजर सुदीप शर्मा ले आइ.एस.ओ सर्टिफाइट विद्यालय भैसकेपछि राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिस्पर्धामा बिक्न सक्ने बताउँदै लोगो प्राप्त गरेको हिलवर्ट ले सर्टिफाइट हुने गरि काम गर्नुपर्ने बताए ।

त्यसको लागि विद्यालय परिवार, व्यवस्थापन समिति र समुदायले इमानदार भएर काम गर्नुपर्ने धारण राखेका थिए ।विद्यालयले पहिलो चरणमा आइ.एस.ओ सर्टिफाइट लोगो प्रप्त गरेको छ । अव आइ.एस.ओ सर्टिफाइट हुनका लागि विद्यालयले कुल ४२ वटा सूचकहरूमा क्रियाकलापलाई अगाडि बढाएको छ । तिन दिन सम्म चल्ने कार्यक्रममा रोबोटिक्स सम्बन्धी तालिममा विद्यार्थीहरूलाई प्रत्यक्ष सहभागि बनाई विभिन्न सीपहरू सिकाइने छ । सीप सिक्नका लागि ६५ जना विद्यार्थीहरू सहभागि रहेका छन् । 
कार्यक्रममा विद्यालयका अध्यक्ष दीपक खनालको अध्यक्षता, शिक्षक रविन्द्र पौडेलको स्वागत मन्तव्य र शिक्षक तेज प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न विद्यालय र संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।  साथै कार्यक्रममा विद्यार्थीहरूद्वारा सांस्कृतिक गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो ।  

प्रकाशित : ४ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६