अर्थ-वाणिज्य

राउटेले मागेको २ लाख रकम दिन मुख्यमन्त्री चौधरीले मागे समय




दाङ ४ असोज । फिरन्ते जीवन बिताउने राउटेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संग दुई लाख दशैं खर्च मागेका छन् । आज बिहीवार मुख्यमन्त्री कार्यालयमा पुगेका राउटे मुखिया बिर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग भेटघाट गर्दै आफ्नो समुदायका लागि दुई दशैं खर्च दिन आग्रह गरेका हुन् ।उनले दशैंमा खसी बली दिनुपर्ने भएकाले आफ्नो समुदायका लागि दुई लाख दशैं खर्च दिन आग्रह गर्नुभयो । ‘दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि दिनुपर्छ, खसी खानु पर्छ, सरकारले पैसा दिनु पर्‍यो’ मुख्यमन्त्री समक्ष शाहीले भने, ‘८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्‍यो । हामीले लगेर सबै जनतालाई बाड्छौं ।’ उहाँले आफूहरु अहिले दैलेखमा बसिरहेको र दशै खर्चका लागि दाङ आएको बताए ।

यता मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको दशै खर्चका लागि आबश्यक व्यवस्था गरिने बताए । उनले राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने प्रदेश सरकारले सहयोग गर्छ,’ २/३ दिनमा सरकारको केही सहयोग गर्ने मुख्यमन्त्री चौधरीले आवश्वासन दिए। राउटे शाही टोलीले मुख्यमन्त्री चौधरीसँगै अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालसँग पनि भेटेका थिए ।राउटेहरु असोज ३ गते राती राजधानीस्थल देउखुरी आएका थिए ।

सार्वजनिक बिदा र मुख्यमन्त्रीको कार्यबेस्ताले आज बल्ल मुख्यमन्त्री संग भेट भएको राउटे मुखीया शाहीले भने । राजधानीस्थल बसाईका क्रममा राप्ती गाउँपालिका वार्ड नम्बर ३ का अध्यक्ष उमेश अधिकारीले खाना र बास बस्ने व्यवस्था मिलाई दिएका थिए ।यता मुख्यमन्त्री चौधरीले अर्थमन्त्री लगायत अन्य मन्त्रीसंग सल्लाह गर्नु पर्ने भन्दै रकम उपलब्ध गराउने निर्णयका लागि समय माग गरेको वताइन्छ ।

प्रकाशित : ४ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६