खोज–अनुसन्धान

चन्द्र भण्डारी सहित ८ जना केन्द्रिय सदस्यमा मनोनित : शेखर समुहवाट मात्र २ लाई स्थान




कपिलवस्तु ४ असोज । नेपाली कांग्रेसको केन्द्रिय महाधिबेशनमा उपसभापतिमा पराजित गुल्मीका सांसद समेत रहेका चन्द्र भण्डारी केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।सभापति शेरबहादुर देउवाले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत गरेका छन् । ८ मध्ये शेखर समूहबाट भण्डारी र शारदा पौडेलमात्र छन् ।

भण्डारीसहित मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।भण्डारी महाधिवेशनमा उपसभापति उम्मेदवार भई पूर्णबहादुर खड्कासँग पराजित भएका थिए । केन्द्रीय सदस्यमा मनोनीत मानबहादुर विश्वकर्मा जीवन परियारसँग सहमहामन्त्रीमा पराजित भएका थिए ।

प्रकाशित : ४ आश्विन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६