प्रदेश

तिलौराकोट सरसफाई गर्न सेनाको टोली



कपिलवस्तु, ५ असोज । नेपाली सेनाको टोलीले कपिलवस्तु स्थित प्राचिन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाई शुरु गरेका छन । नेपाली सेनाको शमसेर दल गण गोरुसिङ्गे बाट खटिएका ३५ जना सेनाको टोलीले तिलौराकोटको पश्चिमीद्वारको उत्तर तर्फबाट झाडी सफाई शुरु गरेको हुन ।

गणका सहायक सेनानी रामचरण चौधरीको नेतृत्वको ३५ सदस्यीय टोलीले १५ दिनसम्म दरबार क्षेत्रमा सरसफाई गर्नेछ । आफूहरूले बिगतमा पनि यस क्षेत्रको सरसफाई गर्दै आएको र कोषको निर्देशन अनुसार सरसफाई कार्य गर्ने सहायक सेनानी चौधरीले बताए । तिलौराकोट दरबार क्षेत्रलाई प्रस्तुतीयोग्य बनाउन सेनाको सहयोगमा हरेक बर्ष सरसफाई गरिँदै आएको कोषका तिलौराकोट कार्यालयका प्रमुख माधव आचार्यले बताए । बिश्व सम्पदा सुचीको प्रस्तावित साईट पनि भएकाले प्रस्तुतीयोग्य बनाउन सफाई कार्य गरिदै आएको आचार्यले स्पष्ट पारे ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा। ल्यारक्यार लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले पदस्थापन पछि तिलौराकोट आउदाँ झाडीहरू देखेर तत्कालै झाडी सफाईका लागि नेपाली सेना सँग समन्वय गरे पश्चात सरसफाई अगाडि बढाइएको कोषका कार्यकारिणी सदस्य गोपी कृष्ण शर्माले बताए । “उपाध्यक्षले पदस्थापन पछि पहिलो पटक तिलौराकोट दरवार क्षेत्रमा आउदाँ यहाँको झाडीहरू देख्दा खिन्न हुनु भयो ।

उहाँले तत्कालै बिगतमा सेनाको सहयोगमा सरसफाई हुने गरेको बिषय जानकारी प्राप्त गरेपछि सेनासँग समन्वय गरेर सरसफाई कार्य अगाडी बढाउन पहलकदमी लिनु भएको हो ।” सदस्य शर्माले भने । यहाँ आउने पर्यटकहरूलाई पनि आकर्षण गर्नका लागि दरबार क्षेत्रको सरसफाई आवश्यक रहेको उनले बताए । सफाई अभियानमा सदस्य शर्मा, कोषका लेखा प्रमुख भिम बस्नेत, तिलौराकोट कोष कार्यालय प्रमुख आचार्य लगायत सहभागी थिए ।

यस अघि गत भदौ १० गते उपाध्यक्ष लामा र शमसेर दल गण गोरुसिङ्गेका प्रमुख सेनानी दिलिप घलेले तिलौराकोट दरबार क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । त्यस पछि कोषले गणलाई पत्राचार गरेको थियो । सेनाको गणबाट खटिने जनशक्ति सरसफाईको कार्यमा लाग्ने छ भने बाँकी आवश्यक पर्ने सफाईका सामाग्री र जनशक्तिका लागि आवश्यक पर्ने खाना खाजाको व्यवस्थापन कोषले गर्ने छ । सेनाको टोलीले झाडी सफाई गरे पछि पुरातत्वको मान्यता अनुसार जंगली बिरुवाहरूको जरा निकालेर दरवार क्षेत्र सफा गरिने छ । तिलौराकोट दरबार राजा शुद्धोधनको गणराज्य तथा सिद्धार्थ गौतमले युवाअवस्था सम्म २९ बर्ष बिताएको स्थान हो ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६