प्रदेश

एक महिनापछि संस्कृत विश्वविद्यालयमा ताला खुल्यो



तुलसीपुर, ०६ असोज । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ।

अखिल (क्रान्तिकारी) दाङले दुवै कार्यालयमा लगाएको ताला बिहीबार खुलेको हो। संगठनले विभिन्न माग राख्दै गत भदौ ४ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको थियो।

यस्तै विद्यार्थी प्रतिनिधि गणेश पौडेलले परीक्षामा जति पनि आवेदन दिन लागेका छन्। उनीहरूको आवाजको प्रतिनिधित्व गरेर अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको बताए। प्रश्नपत्र बाहिरिएपछि पनि विश्वविद्यालयलाई उच्चस्तरीय छानबिन गर्न आग्रह गर्दागर्दै पनि त्यही प्रश्नपत्रबाट परीक्षा गराउन खोजेपछि संगठनले बाध्य भएर तालाबन्दी गरेको उनको भनाइ छ।

तालाबन्दी भएको लामो समयसम्म हुँदा पनि विश्वविद्यालयले आफूहरूको माग सुनुवाइ नगरेको समेत उनले बताए।

संगठनले पाँचबुँदे सहमति गरेर ताला खोलेको हो। सहमतिमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डाक्टर रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनले औँल्याएका विषय अनिवार्य रूपमा कार्यान्वयन गरिने, सेवा आयोगका आगामी विज्ञापनमा अनलाइन फाराम भर्ने व्यवस्था मिलाउने सहमतिपत्रमा उल्लेख छ।

यसैगरी विश्वविद्यालयमा अतिसंवेदनशील शाखा विभागमा कार्यरत प्राध्यापक तथा कर्मचारीलाई आवश्यकता र औचित्यको आधारमा न्यायोचित रूपमा व्यवस्था मिलाउने, आयोगद्वारा लिइने कर्मचारी पदका विज्ञापनसम्बद्ध परीक्षाहरू केन्द्रीय कार्यालय रहेको दाङमै सञ्चालन गर्ने व्यवस्था मिलाउने सहमति भएको अखिल क्रान्तिकारीले जनाएको छ।

प्रकाशित : ६ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६