प्रदेश

बाणगंगा नदीको बहाव क्षेत्र खेत भनेर विक्री :वडा अध्यक्ष टन्डनको सिफारिसमा कारोबार




कपिलवस्तु, ०७ असोज ।सिँचाईका लागि निर्माण भएको बाणगंगा ड्याम । ड्याम नजिकै छ गिटि बालुवाको थुर्पो । सदियौ देखी बग्दै आएको नदी भए पनि त्यहा करिव १० विगाहा जग्गा व्याक्तीको नाममा रहेको छ । लालपुर्जा भए पनि सो क्षेत्र स्थानीयले रेखदेश गर्दै संरक्षण गर्दै आएका थिए । तस्करहरुले सो जग्गा खरिद गरी उत्खनन् गर्ने उद्देश्यले पटक पटक किन बेचको लागि कोसिस गरे । तर स्थानीयले चालपाएपछि वेच बिखन रोकिएको थियो ।

दशकौँदेखि रोकिएको बाणगंगा नदी बग्दै आएको जग्गा २ महिना अगाडी सुटुक्क बिक्री गरिएको खुलासा भएको छ । बाणगंगा नगरपालिका वडा नं. ६ साविक कोपवा गाविस ६ क कित्ता नं. १३१३ को जग्गा २०८० साल जेष्ठ ४ गते विक्री गरिएको पाइएको हो ।बाणगंगा नगरपालिका वडा नं. ६ अमौली निवासी जोखन थारुको नाममा रहको १० कठ्ठा १३ धुर जग्गा विक्री भएको हो। वर्षौदेखि बगिरहेको बाणगंगा नदीको जग्गालाई वडा अध्यक्ष करुण टन्डनले जेठ ३ गते चलानी नम्बर १५४३ मा उक्क्त जग्गालाई कृषि क्षेत्र भनि प्रमाणीत गरि भुमी सुधार तथा मालपोत कार्यालय तौलिहवामा सिफरासी दिएका छन ।

उक्त जग्गा श्रेष्तामा व्यत्तिको नाममा देखिएता पनि परापूर्व कालदेखि नै नदी बगिरहेको छ। विगतदेखि नै विभिन्न प्रलोभन देखाएर उक्त जग्गा विक्रिका लागि अथक प्रयास भएता पनि विगतका जनप्रतिनिधि,कर्मचारीले उक्त जग्गाको सिफरिस नदी नपर्ने भएकाले सिफारिस दिन रोक लगाएका थिए।बगिरहेको खोलाको जग्गाको मुल्य १६ लाख कायम गरी जेठ ४ गते जिल्ला मालपोत कार्यालयवाट वुटवल उपमहानगरपालिका १० वस्ने प्रायुस्मा थापाको नाममा उक्त जग्गा विक्री गरेको राजिनामा पत्रमा स्पष्ट देखिन्छ ।उता घटना बाहिर आए पछि समाचार रोक्न फोन मार्फत धेरै दवाव आएको स्थानिय पत्रकार बताउछन् ।

यस्तो छ स-प्रमाण

प्रकाशित : ७ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६